झगनखबर
जेठ ८ । वैदेशिक रोजगारीका लागि स्विटजरल्याण्ड
पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका
वडा नं ४ घर भई हाल बाँके कोहलपुर नगरपालिका वडा नं ११ दशबिगा बस्ने ४६ वर्षीय
पार्वती थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
थापा लगायतले
पीडितलाई वैदेशिक रोजगारका लागि स्विटजरल्याण्ड पठाई सुपर मार्केटमा प्याकिङको काम
लगाई दिने र मासिक १ लाख रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारेको प्रहरीले जनाएको
छ । पीडितबाट पटक पटक गरी ७ लाख २० हजार
रूपैयाँ रकम ठगी गरेका थिए । स्विजरल्याण्ड पठाउने भनी रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार
विभागले प्रहरीलाई पत्राचार गरेको थियो ।
पक्राउ गर्ने पत्र प्राप्त भएपछि काठमाडौं
उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं
महानगरपालिका २६ गोंगबुबाट पक्राउ गरेको हो ।
अभियुक्तलाई थप
अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरी
प्रधान कार्यालय काठमाण्डौले जनाएको छ ।