श्रीमती बोकेर कुद्नेलाई रु पाँच हजार


चैत २३ । जिल्लाको चम्पादेवी गाउँपालिकाले जीवनसाथी बोकेर कुद्ने खेल प्रतियोगिताको आयोजना गरेको छ । गाउँपालिकाले अध्यक्षकप खेलकुद प्रतियोगितामा जीवनसाथी बोकेर कुद्ने प्रतियोगिताको पनि समाबेश गरेको हो । अध्यक्षकप खेलकुद प्रतियोगितामा विभिन्न २० विधामा खेल हुने बताएका छन् । २० वटा विधा मध्येको एक जीवनसाथी बोकेर कुद्ने खेल प्रतियोगिता पनि रहेको छ । उक्त प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र शान्त्वना हुनेहरुलाई क्रमशः रु ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार दिइने पालिकाले जानकारी दिएको छ । त्यसैगरी तोकीएको बिन्दुबाट १०० मिटरको दुरी पूरा गर्ने प्रत्येक सहभागीलाई प्रतिसहभागी १ हजारका दरले नगद उपलब्ध गराउने बताएका छन् । टिम दर्ता शुल्क रु १०० तोकीएको छ ।

खुल्ला पुरुष भलिबल, महिला भलिबल गोरुजुधाई, हाजिरीजवाफ प्रतियोगिता,वत्तृत्वकला, लोकदोहोरी प्रतियोगिता लगायका प्रतियोगिताहरु गरिनेछन् । सबै विधाका प्रतियोगितामा सहभागी विजेताहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको गाउँपालिकाले जानकारी दिएको छ । खेलकुद प्रतियोगिता  चैत २७ गतेदेखि ३० गते सम्म सन्चालन गरिने आयोजक चम्पादेवी गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिका प्रत्येक वर्ष आयोजना गर्ने अध्यक्षकप खेलकुद प्रतियोगितामा जीवनसाथी (श्रीमति) बोकेर दोडीने खेलको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया