झगनखबर
माघ २९ । फागुन १ गते दिइने गरेको सार्वजनिक बिदा सरकारले कटौती गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी गर्दै सार्वजानिक फागुन १ गते सार्वजनिक विदा नरहेको जानकारी दिनुभयो । नेपाल सरकार मन्त्रीपरिषदको माघ २५ गतेको निर्णयानुसार बिदा कायम नरहेको जानकारी दिनुभयो ।
सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १
गते सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सर्वोच्च अदालतले उक्त दिन सार्वजनिक
बिदा नदिन सरकारलाई आदेश दिएको थियो । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को
बैठकले सर्वोच्च अदालतको आदेशअनुसार फागुन १ गते बिदा कायम नगर्ने निर्णय गरेको
छ ।
२९ माघ २०८०, सोमबार ०४:१९ मा प्रकाशित
357