स्वर्गीय केसीको श्रद्धान्जली सभा सम्पन्न

 

फागुन ५ ।नेपाली काङ्ग्रेस ओखल्ढुङ्गाले अग्रज नेता देवी बहादुर केसीको श्रद्धान्जली कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय सदस्य प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यमा पार्टी कार्यलयमा आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता र अन्य राजनीतिक दलका प्रमुख एबम प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । नेकपा एमालेका नेता सिद्धिचरण नगर उपप्रमुख केदार बाबु बस्नेत जिल्ला सदस्य कृश्ण कार्की, एकिकृत समाजबादी का केन्द्रीय सदस्य नेत्र प्रसाद भट्टराइ जि स स प्रमुख टेक राज भट्टराइ,  उपप्रमुख तारादेवी कार्की लगाएतको उपस्थिती रहेको बताएका छन । 

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाण्डौमा उपचारको क्रममा गत माघ २२ गते निधन भएको थियो। २००१ सालमा ओखलढुंगाको साबिक नाराणस्थान गाविस –४, हाल सिद्धिचरण नगरपालिका– ३ मा जन्मनु भएका केसी सानै उमेरदेखि सामाजिक सेवामा लाग्नुभएको थियो । 

प्रजातन्त्रको पुनःप्राप्ति पछि २०४९ सालमा नेपाली कांग्रेसको तर्फबाट नारायणस्थान गाउँविकास समितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो । २०५४ को स्थानिय निकायको निर्वाचनमा पनि  अध्यक्ष पदमा निर्वाचित हुनुभयो । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सचिव हुनुका साथै विभिन्न जिम्मेवारीमा रही आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो । देवी बहादुर केसी  नेपाली कांग्रेसका वर्तमान सभापति तेजन खनालका काका समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया