लैससास नीति २०८० कार्यान्वयन गर्न पञ्चवर्षीय बिस्तृत कार्ययोजना स्थानीय तहलाई हस्तान्तरण


राजकुमार कार्की

  जेठ ११ ।  लैंगिक समानता तथा सामाजिक समाबेशीकरण (लैससास) नीति २०८० कार्यान्वयन गर्न पञ्चवर्षीय बिस्तृत कार्ययोजना  तयार पारी हस्तान्तरण गरिएको छ । युएनएफपीएको आर्थीक सहयोग तथा जुरी नेपालको प्राविधीक सहयोगमा तयार पारिएको नीति तथा पञ्चवर्षीय बिस्तृत कार्ययोजना स्थानीय तहलाई  हस्तान्तरण गरिएको हो । जिल्लास्थित चारवटा स्थानीय तहहरुमा औपचारिक कार्यक्रमको आयोजना गरी युएनएफपीएकी जिल्ला संयोजक रेखा श्रेष्ठले हस्तान्रण गर्नु भएको थियो ।

स्थानीय तहको रणनीतिक कार्ययोजनालाई लैंगिकमैत्री बनाउन युएनएफपीएको पहल र आर्थीक सहयोगमा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण नीति कार्यान्वयन गर्न पञ्चवर्षीय बिस्तृत कार्ययोजना  तयार पारीएको थियो । परियोजना लागु भएका स्थानीय तहहरुमा यस्तो नीति तथा कार्ययोजना बनाई हस्तान्तरण गरिएको  छ । यो पञ्चवर्षीय कार्ययोजनाले स्थानीय तहमा लैंगिकमैत्री शिक्षा, स्वास्थ्य, पूर्वाधारविकास लगायतका विकासहरुमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । स्थानीय तहका जनप्रतिनिधी, कर्मचारीहरुले आवश्यक छलफ गरी तयार पारेको मस्यौदालाई जुरी नेपालको प्राविधिक सहयोगमा किताब बनाई पालिकालाई हस्तान्तरण गरिएको छ । परियोजना लागू भएका सिद्धिचरण नगरपालिका, मोलुङ्ग गाउँपालिका, मानेभञ्ज्याङ्ग गाउँपालिका र चिशंखुगढी गाउँपालिकाले नीति तथा कार्ययोजना बनाएका छन् । स्थानीय तहअनुसार आफुलाई आवश्यक पर्ने विषय वस्तुलाई समेटेर आआप्mनै तरिकाले बनाईएको कार्ययोजना सभाबाट पास गरेर कार्यान्वयन गर्न स्थानीय तहहरु सहमत भएका छन् ।

लैंगिक हिँसा रोकथाम तथा प्रतिकार्य परियोजना दोश्रो चरणको कार्यक्रम सन्चालनमा छ । युएनएफपीएको आर्थीक सहयोगमा २०१६ बाट पहिलो चरण सुरु भएको थियो भने सन् २०२० बाट दोश्रो चरणको कार्यक्रम सन्चालनमा रहेको जिल्ला संयोजक रेखा श्रेष्ठले जानकारी दिनुभयो । परियोजनाले समुदायमा, विद्यालयमा, परिवार लगायत स्वास्थ्यकर्मीहरुलाई जनचेतनामूलक तालीम, अभिमुखीकरण गोष्ठी, जोडी छलफल गरिरहेको छ । श्रीमान श्रीमतिहरुको सहभागीतामा जोडी छलफल समेत सन्चालन गरेको छ । युएनएफपीएको आर्थीक सहयोगमा कोकन नेपालले यो कार्यक्रम सन्चालन गरेको थियो । विवाह गरेको ५ वर्षभित्रका श्रीमान श्रीमतिलाई पटक पटक गरेर ३५ दिन सम्म तालीम, गोष्ठी लगायत छलफलमा सहभागी गराउने गरेको पनि जानकारी दिएका छन् ।

परियोजना लागूभएको ४ वटा पालिकाका प्रत्येक वडामा युएनएफपीए र पालिकाको आर्थीक साझेदारीमा  एकएक जनाका दरले सामुदायिक मनोपरामर्शकर्ता कार्यरत छन । त्यसै गरी जिल्ला स्वास्थ्य कार्यालयमा रहेर एकद्वार संकट व्यवस्थापन र घट्ना व्यवस्थापकमा दुईजना कर्मचारी कार्यरत छन् । यो परियोजना सन २०२६ सम्म सन्चालनमा रहनेछ । कार्यक्रम स्थानीय समुदायमा प्रभावकारी भएकाले  परियोजनाको समाप्ती पछि पनि स्थानीय तहले कार्यक्रम सन्चालन गर्न प्रतिबद्धता जनाएको श्रेष्ठले जानकारी दिनुभयो ।

परियोजना लागु भएका स्थानीय तहमा उपपमुख÷उपाध्यक्षको संयोजकत्वमा लैंगिक हिँसा न्युनीकरणका लागि सञ्जाल गठन गरेको छ । यो सन्जालले लैंगिक हिँसा न्युनीकरणको आवश्यक योजना बनाउने, बजेट विनियोजन र कार्यान्वयन समेत गर्ने गर्दछ । त्रैमासिक रुपमा बैठक बसी लैंगिक हिँसाको अवस्था कस्तो छ, र के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी कार्यान्वयन गर्ने पालिकामा सहमति भएको छ । ३ वटा गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा महिला विकास शाखा प्रमुख सदस्य सचिव, नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव र कर्मचारी जनप्रतिनिधी सदस्य रहने गरी सन्जाल बनाईएको छ ।  यो सन्जालले लैंगिकमैत्री विकास गर्नको लागि महत्वपूर्ण काम गर्नेछ । 


लैससास नीति २०८० ग्रहण गर्दै सिद्धिचरण नगरप्रमुख तेजन खनाल, वितरण गर्दै युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठ 


लैससास नीति २०८० ग्रहण गर्दै मानेभञ्ज्याङ उपाध्यक्ष आश्रचन राई, वितरण गर्दै युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठ 


लैससास नीति २०८० ग्रहण गर्दै चिशंखुगढी  उपाध्यक्ष सन्तोषबाबु थापा, वितरण गर्दै युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठ 

लैससास नीति २०८० ग्रहण गर्दै मोलुङ अध्यक्ष उत्तम राई, वितरण गर्दै युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठ 
 

प्रतिक्रिया