अहिलेको परिस्थिति सर्पवाला लुडोझैँ भयो : गगन थापा


पुष ११ पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तलबाट भर्‍याङ चढ्दै चढ्दै माथि पुगेको तर ९९ मा पुगेर फेरि तलझरेजस्तो परिस्थिति भएको बताएका छन् । पोखरामा आयोजित नेपाल साहित्य सम्मेलनमा बोल्दै थापाले यस्तो बताएका हुन् । थापाले सरकारका सवालमा सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नगर्दा आफू अपमानित महसुस गरेर आएको  पनि बताएका छन्। ‘म पार्टीको निर्वाचित महामन्त्री हुँ, सांसद पनि हुँ, सभापतिले पार्टीभित्र छलफल गरेर गठबन्धनमा जवाफ दिन्छु भन्नुभएको थयो। तर उहाँको फोन कुरेर म बसिरहेँ। उहाँले सल्लाह नगरेपछि अपमानित महसुस गरेर पोखरा आएँ,’ थापाले भने। कांग्रेस अब सम्पूर्ण रूपमा पार्टी सुदृढीकरणमा लाग्नुपर्ने थापाको भनाइ छ।

प्रतिक्रिया