नेपाली कांग्रेसको वडा सम्मेलन तथा पार्टी शुद्धीकरण अभियान शुरु


झगनखबर

भदौ । २० नेपाली कांग्रेस ओखलढुंगाको वडा सम्मेलन तथा पार्टी शुद्धीकरण अभियान भदौ २०।३० शुरु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले  कुन्तादेवी बाट अभियानको शुभाराम्भ गरिएको हो । मोलुङ गाउँपालिका वडा नं १ कुन्तादेवीमा वडा सभापति सोम प्रसाद दाहालको संयोजकत्वमा बुधबार भएको कार्यक्रममा  जिल्ला पार्टी सभापति  तेजेन्द्र खनालले शुभारम्भ गर्नुभएको जिल्ला पार्टी सचिव एवं अभियानका मोलुङ संयोजक अजय लुइटेलले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण दाहाल, कोशी प्रदेस सदस्य कुमार लुइटेल, पार्टी प्रवक्ता एवं सुचना सन्चार विभाग प्रमुख प्रदिप बाँनिया, जिल्ला कार्यसमिति सदस्य धन बहादुर गिरी, धन बहादु बाँनिया, महिला संघ केन्द्रिय सदस्य संगिता तामाङट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष फडिन्द्र दाहाल, अभियानका तरुणदलका  संयोजक प्रदिप गुरुङ, ने.बि.संघ केन्द्रिय सदस्य राजेन्द्र पराजुली लगायत स्थानिय नेता तथा कार्यकर्ताको उपस्थितिमा कार्यक्रमको शुभाराम्भ गरिएको बताएका छन् । नेपाली कांग्रेसलाई दर्बिलो र गर्बिलो बनाउनको लागि अभियानको शुरु गरिएको हो । अभियान भदौ २० देखि ३० गते सम्म जिल्लाका प्रत्येक वडामा  सन्चालन हुनेछ । पार्टी शुद्धीकरण तथा स्थानियस्तरमा भएका कार्यकर्ताहरुको समस्या पहिचान र विकासको आवश्यक्ताको बारेमा छलफल गर्नका लागी अभियान चलाईएको हो । पालिकास्तरिय संयोजक बनाएर अभियान शुरु गरिएको छ ।

अभियानका लागी :

सिद्धिचरण नगरपालिका संयोजक : पार्टी जिल्ला सहसचिव भोजकुमार श्रेष्ठ

मोलुङ गाउँपालिका संयोजक : जिल्ला पार्टी सचिव अजय लुइटेल

खिजीदेम्बा गाउँपालिका संयोजक : जिल्ला पार्टी उपसभापति एवं चम्पादेवी गाउँपालिका प्रमुख नबराज केसी

लिखु गाउँपालिका संयोजक : पार्टी जिल्ला सहसचिव उज्जन बुढाथोकी

चम्पादेवी गाउँपालिका संयोजक : पार्टी जिल्ला सचिव राजकुमार ढुंगाना

सुनकोशी गाउँपालिका संयोजक : संगठन विभाग प्रमुख भुपेन्द्र बस्नेत

मानेभन्ज्याङ गाउँपालिका संयोजक : पार्टी प्रवक्ता प्रदिप बाँनिया

चिसंखुगढी गाउँपालिका संयोजक : पार्टी उपसभापति एवं सुनकोशी गाउँपालिका प्रमुख कमल तामाङ, लाई संयोजक बनाइएको छ भने प्रत्येक पालीकामा सह संयोजक र सदस्यहरु पनि बनाइएको छ ।

अभियानलाई सफल्तापुर्वक सम्पन्न गर्न सबै जिम्मेवार पदाधिकारी सदस्य एवं सरोकारवाला ब्यक्तिहरुलाई पार्टी सभापतिले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया