जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो

झगनखबर

कार्तिक १८ । जाजरकोट केन्दबिन्दु भएर गएको भूकम्पमा परी हालसम्म १५४ जनाको मृत्यु भएको छ। हालसम्म प्राप्त भएको तथ्याङ्क अनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ गरि जम्मा एक सय ५४ जनाको मृत्यु भएको हो।

रुकुमपश्चिको आठविसकोट नगरपालिकामा मात्रै ५२ जनाको मृत्यु भएको उपमेयर धनकुमारी शाहीले बताउनु भयो । आठबिसकोटमा ६० जना घाईते भएका छन्। ती मध्ये गम्भीर ३ जनालाई उद्धार गरि कर्णाली प्रदेश अस्पताल सुर्खेत पु¥याइएको छ।

भुकम्पमा परी गम्भिर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्दार गरिएको छ। उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ।   उद्धार र घटनाको विवरण संकलन गर्ने कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान छ ।

प्रतिक्रिया