नक्कली नेपाली रुपैयाँ सहित दुई जना पक्राउ


बैशाख २१ । वीरगन्ज नगरपालिका वडा नं  १६ स्थित सडक बाट नक्कली रुपैयाँ सहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली नोट १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरि जम्मा  ४ लाख ८६ हजार नक्कली रुपैयाँ सहित बुधबार दिउसो पक्राउ गरिएको हो ।

बसपार्कबाट प्रतिमा चोकतर्फ जादै गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ ।

 पक्राउ पर्नेहरूमा  सर्लाही गोडैता नगरपालिका १२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र बारा परवानीपुर गाउँपालिका ३ बस्ने ३६ वर्षीय ओम प्रकाश साह रहेका छन् । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले  नोटसहित फेला पारी चालक सिंह र गाडीमा सवार साहलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ । 

प्रतिक्रिया