राजकुमार कार्की
माघ २३ । आसन्न फागुन २१ मा हुने प्रतिनिधी
सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले ओखलढुंगाकी उम्मेदवार अस्मिता थापाले
आरोप–प्रत्यारोप नभई जनतासामु अजेन्डा बोकेर जाने बताउनु भएको छ । शुक्रबार
सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार थापाले जनतासामु अजेन्डा लिएर जाने बताउनु भएको हो ।
नेकपा एमाले अजेन्डामा विश्वास गर्ने भएकाले
विपक्षी दलप्रति आरोप–प्रत्यरोप नगरि जनतासामु जाने उद्घोष गर्नुभएको छ । जिल्लाको
समग्र विकासको लागि अग्रज नेताहरुले थालनी गरेका योजनाहरुलाई पूर्णता दिई थप
विकासको थालनी गर्ने समेत बताउनु भयो । मानवीय पुँजी विकास र व्यावसायिक तथा
रोजगारमूलक शिक्षा, आधारभूत स्वास्थ्य सेवालाई मुख्य प्राथमिक्ता दिएर काम गर्ने पनि बताउनु
भयो । युवा पुस्ताको भावना नजिकबाट नियालेको र युवापुस्ताका समस्या लगायत गाउँका
अन्य समस्यालाई संसदमा पु¥याई समाधान खोज्ने
प्रतिबद्धता समेत गर्नु भएको छ ।
जेन्जी
पुस्ताकी लोकप्रिय, कुनै दाग र खोट नभएकी युवालाई एमालेले उम्मेदवार बनाएकाले जनताले विश्वास
गर्नेमा आफु निश्चिन्त रहेको जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले बताउनु भयो । आपूm संविधान सभा सदस्य र
संसद रहँदा जिल्लामा सुरु गरेका योजनाहरु अस्मिता थापाको कार्यकालमा सम्पन्न गर्ने
बताउनु भयो । पार्टीबाट बिद्रोह गरि अन्य पार्टीमा गएका नेताहरुलाई इसारा गर्दै
इन्चार्ज सुनुवारले, टिकट नपाएर केहि व्यक्तिले पार्टी छोडेर जाँदा नेकपा एमालेलाई झन फाइदा
भएको बताउनु भयो ।
नेकपा एमालेको जिम्मेवारी पाउनुभएका हर्कबोल राईले, ओखलढुंगा एमालेमा
ठुलो बिद्रोह भएको भन्ने प्रचार भ्रामक भएको बताउनु भयो ।