असार १० । जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले सवारी चालकहरुको स्वास्थ्य परिक्षण, सवारीसाधनको मेकानिकल चेकजाँच कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक सप्ताहको पाँचौ दिन सोमबार सवारीचालकहरुको स्वास्थ्य परिक्षण, सवारीसाधनको मेकानिकल चेकजाँच कार्यक्रम सम्पन्न गरेको हो । जिल्ला ट्राफिक कार्यालयको आयोजनामा मानेभञ्याङ गाउँपालिका वडा नं ५ मा कार्यक्रम आयोजना गरिएको बताएका छन् । जिल्ला आँखा केन्द्र ओखलढुंगा र स्वास्थ्य चौकी मानेभञ्याङको उपस्थितिमा कार्यक्रम सन्चालन गरिएको थियो । कार्यक्रममा सवारीचालकहरुको स्वास्थ्य परिक्षण, सवारीचालकहरुको मा.प.से. परिक्षण, सवारीसाधनहरुको मेकानिकल जाँच, चाल तथा यात्रुहरुलाई सडक अनुशासन र दुर्घटना न्युनिरणका लागि ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गरिएको थियो । साथै कार्यक्रममा पर्चा पम्प्लेट वितरण गरिएको थियो । विहान १० बजेदेखि दिउसो करिब ३ बजे सम्म सन्चालन गरिएको कार्यक्रममा १ सय ४५ जना भन्दा बढीले सेवा लिएको जिल्ला ट्राफिक इन्चार्ज एवं प्रहरी नायव निरिक्षक प्रविण कार्कीले जानकारी दिनुभयो ।