असार २६ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको आयोजनमा सिद्धिचरण नगरपालिकाको हलमा बुधबार सम्पन्न गरेको हो । कार्यक्रममा समग्रमा शान्तिसुरक्षा र प्रहरीले सन्चालन गरेका गतिविधिहरुको बारेमा प्रश्न, जिज्ञासा तथा सुझाव दिएका थिए । ट्राफिक नियम उलंघन गर्नाले सवारी दुरघटना बढेको र सबारी दुरघटना न्युनिकरण गर्न ट्राफिक नियमको कडाईका साथ पालन गराउनु पर्ने जिज्ञासा राखेका थिए ।
वर्षाको समयमा
कच्चि सडकहरु अबरुद्ध हुने र नागरिकहरुको यात्रा कठिन हुने भएकाले व्यवस्थित
यात्रु र यात्राका लागि पहल गर्न सुझाव दिएका थिए । पछिल्लो समयमा युवाहरु
लागूपदार्थ दुव्र्यसनिमा फसेकाले लागुपदार्थ दुव्र्यसनी न्युनिकरणमा प्रहरीले अहम
भूमिका निभाउन सुझाव दिएका थिए । फेसबुक लगायतका सामाजिक सन्जालमार्फत
नागरिकहरुलाई ठग्ने, गलत अफवाह फैलाउने जस्ता गैरसामाजिक कृयाकलापको बृद्धि भएकाले यसलाई
न्युनिकरणका लागि पहल गर्न सहभागीले माग गरेका छन् । यातायातका साधनमा आरक्षण सिट
र सहुलियत भाडादर पनि पालना नभएको गुनासो गरेका छन् ।
नगरप्रमुख तेजन खनालले विपद उद्धारमा
प्रहरीले खेलेको भूमिका सह्रानिय रहेको बताउदै
स्थानिय सरकार र प्रहरीको संयुक्त प्रयासबाट शन्तिसुव्यवस्था कायम गर्न
सकिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी डा.नारायण ढकालले वर्षाको समयमा हुने विपदलाई न्युनिकरण गर्न स्थानिय सरकारले सडकको नाली सफा गरि पानी नियन्त्रण गर्नुपर्ने बताउनु भएको थियो । त्यसैगरी नेपाल प्रहरी अनुसन्धानको क्षेत्रमा अब्बल रहेको बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रहरी नायब उपरिक्षक कृष्ण खड्काले कार्यक्रममा उठेका
जिज्ञासाहरुको जवाफ दिनुभएको थियो । लागुऔषध न्युनीकरणका लागि सचेतनामूलक
कार्यक्रम सन्चालन गर्दै आईरहेको बताउदै युवाहरुलाई लागुऔषध दुव्र्यसनीबाट जोगाउन
परिवारको मुख्य भूमिका रहने बताउनु भयो । साइबर सम्बन्धीका मुद्दाहरु हेर्नको लागि
दक्ष कर्मचारीको अभाव रहेको बताउनु भयो । सवारीसाधनमा आरक्षण र सहुलियत भाडाको
विषयमा अनुगमन गरी त्यसको टुङ्गो लगाउने बताउनु भयो ।
कार्यक्रममा सरोकारवाला निकायहरु
शिक्षक विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो ।