झगनखबर
जेठ ३ । ओखलढुंगा
जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका–५ मा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
गोठालो गर्न जंगलमा गएका ६६ वर्षिय तिलक बहादुर मगरको चट्याङ लागेर ज्यान गएको हो
। बुधबार हावाहुरी सँगै वर्षा भएको समयमा जंगलमा गोठालो गर्दै गरेका मगरको चट्याङ
लागेर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
दिउँसो गोठालो गर्न
जंगलमा गएका मगरको करिब ५ बजेको समयमा चट्याङ लागेको स्थानिय बासीले जानकारी दिएका
छन् । घरबाट करिब २ किलोमिटर जति टाढा रहेको सुवाडाँडा सामुदायिक वनमा गोठालो गर्न
गएको परिवार श्रोतले जनाएको छ । घट्ना घटेपछि प्रहरी चौकी मानेभञ्ज्याङ्गमा
स्थानियबासीले खबर गरेका थिए । प्रहरी चौकी मानेभञ्ज्याङ्गबाट प्रहरी टोली खटिई गई
घट्नास्थल सुरक्षीत राखिएको थियो ।
बिहिबार विहान जिल्ला प्रहरी कार्यालय ओखलढुंगा बाट प्रहरी गई थप कानूनी
प्रकृया पूरा गरी लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरिक्षक बलिस्टार सिँहले
जानकारी दिनुभयो ।