२०७९ कार्तिक २० गते आईतबारको दैनिक राशिफल

दैनिक राशिफल

मेष M चु, चे, चो, ला, लि, लु, ले, लो,

आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । धर्म कर्ममा मन लाग्नेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

वृष M  , , , , वा, वि, वु, वे, वो

गरेका कामबाट प्रशस्त लाभ हुनेछ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आस्था पनि बढ्नेछ ।

 मिथुन M का, कि, कु, , , , के, को हा

इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग पनि पाइएला ।

 कर्कट M हि, हु, हे, हो, डा, डि, डु, डे, डो

चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । शुभ कार्य पनि होला ।

 सिंह M मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामान हराउने वा चोरी हुने भय छ । टाउको दुख्ने तथा रुघा लाग्नेजस्तै समस्याले सताउन सक्छ, तर शेयर बजारबाट लाभ भने मिल्नेछ ।

 कन्या M टो, पा, पि, पु, , , , पे, पो

सौन्दर्यतामा धन खर्च हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

 तुला M रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आत्मविश्वास बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसँग भेट पनि हुनेछ ।

वृश्चिक M तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सांस्कृतिक क्षेत्रबाट सफलता मिल्नेछ ।

 धनु M ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आज सानातिना बाधाअड्चन आइलागे पनि काम रोकिने छैन । विद्या र बुद्धिको विकास हुनेछ । पुँजी बजारको क्षेत्रबाट सफलता मिल्नेछ ।

 मकर M भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो

आज कुनै समाचारले शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

 कुम्भ M गु, गे, गो, सा, सि, सु, से, सो, दा

आज कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । पारिवारिक समस्या पनि बढ्न सक्छ ।

 मीन M दि, दु, , , , दे, दो, चा, चि

कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


                                                                                             ज्यो.प. नारायणप्रसाद दुलाल

 

प्रतिक्रिया