पूर्वी स्टार गायन प्रतियोगिताको आयोजना गरिदै


झगनखबर

मंसिर १७ । लुकेर रहेका प्रतिभाहरुको खोजी गर्दै पूर्वी स्टार गायन प्रतियोगिताको आयोजना हुने भएको छ । हाङ  अनलाइन म्युजिक प्रा.लि. तेह्रथुमले  लुकेर रहेका प्रतिभाहरुको खोजी गर्दै पूर्वी स्टार गायन प्रतियोगिताको आयोजना गर्ने भएको हो । जिल्ला सदरमुकाम ओखलढुंगामा आयोजित पत्रकार सम्मेलन मा संस्थाका प्रतिनिधीहरुले यस्तो जानकारी दिएका हुन् । आयोजकका अनुसार पूर्वी स्टारको अडिसन पुस १ गतेबाट हुनेछ । इच्छुक आवेदकले मंसिर २५ गते भित्र अनलाइन आवेदन दिनु पर्नेछ । आवेदनका लागि ९८४२४२६२०६ वा ९८६९७५५२५५ नम्बरमा ह्वाट्स एप मार्फत आवेदन दिन सकिनेछ ।

पहिलो चरणको अडिसन पनि अनलाइन मार्फत नै गरिनेछ । दोश्रो राउण्डको लागि पनि अनलाइन मार्फत ट्रयाकमा गित गाएर भिडियो पठाउनु पर्नेछ ।  दोश्रो राउण्डबाट पनि छनौट भएका सहभागीहरुले धरानमा गई फिजिकल अडिसन दिनुपर्ने आयोजक समितिका निर्देशक टिआर लिम्बुले जानकारी दिनुभयो  ।

विजेताले नगद रु चार लाखसहित सुनको सिक्री, गीत रेकर्ड र प्रमाणपत्र । उपविजेताले नगद रु १ लाख ५० हजार एउटा गीत रेकर्ड र प्रमाणपत्र पाउनेछन् । भने तृतिय स्थान हाँसिल गर्नेले नगद रु ५० हजार, एउटा गीत रेकर्ड प्रमाण पत्र पाउनेछन् ।

तेश्रोचरण (लाइभ राउण्ड) देखि प्रत्येक राउण्डका उत्कृष्ट हुनेहरुले एक एक थान गिटार पाउनेछन् ।देशविदेशमा रहेका नेपाली भाषीहरुले प्रतियोगितमा सहभागी हुन पाउने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया