मंसिर १७ ।
मोलुङ्ग गाउँपालिका –५ मा वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेकपा एमाले तर्फका उम्मेदवार
गंगा तामङ्ग विजयी हुनु भएको छ । मंसिर १६ गते भएको उपनिर्वाचनमा ३ सय ९९ मत सहित
तामङ्ग विजयी हुनुभएको हो । उहाँका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका
घनश्याम दाहालले १ सय ७७ मत पाउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णु
प्रसाद पोखरेल ले १ सय ५१ मत प्राप्त गर्नु भएको छ । त्यसै गरी माओबादी केन्द्रका
मान बहादुर सुनुवारको २३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालको
३ मत र जनता समाजबादी पार्टी नेपालका इन्द्र बहादुर दर्जीको ३ मत प्राप्त भएको
निर्वाचन आयोगले जनाएको छ । जम्मा ७ सय ६८ मत खसेकोमा १२ मत बदर भएको छ ।
१७ मङ्सिर २०८१, सोमबार ०७:३५ मा प्रकाशित
279