ओखलढुंगा, मंसिर १० । ओखलढुंगाको समानुपातिक मत गणना सकिएको छ । मतगणना सम्पन्न भएसँगै नेकपा एमाले सबैभन्दा ठुलो दल भएको छ । मुख्य निर्वाचन कार्यालय ओखलढुंगाका अनुसार नेकपा एमालेको सुर्य चिन्हमा २५ हजार २४५ मत सहित पहिलो दल भएको हो । त्यसै गरि नेपाली कांग्रेसको रुख चिन्हमा २३ हजार ९९९ मत सहित दोश्रो दल भएको छ । तेश्रो दलमा गोलाकार भित्रको हसिँया हथौडा चिन्हमा ७ हजार १७२ मत ल्याई नेकपा माओबादी केन्द्र रहेको छ । नेपाली कांग्रेसको भन्दा १ हजार २४६ मत बढी नेकपा एमालेको रहेको छ ।
१० मङ्सिर २०७९, शनिवार ०७:५१ मा प्रकाशित
266