झगनखबर
मेषः चु चे चो ला लि लु ले लो अ
साताको
प्रारम्भ मान प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा उच्च पदासीन व्यक्तिहरूसँग
सम्पर्क बढ्नेछ। साताको मध्यमा पारिवारिक सद्भाव बढ्नेछ। बोलीको माध्यमले कार्य
सिद्धि गर्न सक्नुहुनेछ। बच्चाहरूसँग मनोरञ्जनात्मक समय बित्नेछ। साताको अन्त्यमा
साहस र उत्साहमा वृद्धि हुनेछ। कानुनी समस्याहरु सुल्झिनेछन्। सदैव हनुमान चालिसा
पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र सेतो हो भने शुभ अंक २ र
४ रहेको छ।
वृषः इ उ ए ओ वा वि वु वे वो
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। रोग
प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोला। साताको मध्यमा
कार्यक्षेत्रमा पुरानो गरिएको कार्यको प्रशंसा हुनेछ। उद्योग व्यापारमा नयाँ
कीर्तिमान स्थापित गर्न सकिनेछ। साताको अन्त्यमा विद्यार्थीहरूलाई कला वा संगीतको
क्षेत्रमा विशेष सफलता मिल्नेछ। नयाँ नोकरीको मार्ग प्रशस्त हुनेछ। सदैव गायत्री
मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र पहेलो हो भने शुभ
अंक २ र ९ रहेको छ।
मिथुनः का कि कु घ ङ छ के को हा
साताको प्रारम्भमा आँटेको
कार्यसम्पादन गर्नमा सफल भइएला। शुभचिन्तकहरूको साथ र सहयोग जुट्नेछ। साताको
मध्यमा फिजुलखर्चबाट बच्नुहोस्। आर्थिक पक्ष सामान्य रहनेछ। पारिवारिक सम्बन्धले
नयाँ समस्याहरू निम्त्याउन सक्लान्। साताको अन्त्यमा नयाँ कार्य को थालनिको लागि
उपयुक्त समय रहेको छ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। सदैव कालभैरवको दर्शन
गरी दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग हरियो र सेतो हो भने शुभ अंक ३ र
४ रहेको छ।
कर्कटः हि हु हे हो डा डि डु डे डो
साताको प्रारम्भमा सामूहिक
कार्यक्रममा व्यक्तिहरूसँगको भेटघाटले मन आनन्दित रहनेछ। व्यापार व्यवसायमा लाभ
रहनेछ। साताको मध्यमा पारिवारिक समस्यालाई प्राथमिकता दिनुहोस्। नोकरी वा पेशामा
अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। साताको अन्त्यमा अरूको कुरामा नलाग्नुहोस्।
महत्वहीन कार्यमा समय खर्च हुनेछ। सदैव भगवान शंकरजीलाई जल अर्पण गरेर दिनको
प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग हरियो र सेतो हो भने शुभ अंक ३ र ६ रहेको
छ।
सिँहः मा मि मु मे मो टा टि टु
साताको प्रारम्भमा
धर्मकर्मप्रति मन जानेछ। शिक्षाको क्षेत्रमा पुरस्कृत भइएला। साताको मध्यमा
अप्ठ्यारा परिस्थितिहरूलाई सहज बनाउन सकिनेछ। बुद्धिको उपयोगले कार्यसम्पादन गर्न
सकिनेछ। साताको अन्तिममा आयआर्जनका नयाँ स्रोतहरू खुल्नेछन्। विद्यार्थीहरूलाई
पठनपाठनमा गुरुजनहरूको सहयोग मिल्नेछ। भगवान सूर्यलाई अर्ग दिएर दिनको प्रारम्भ
गरौं। यो साताको शुभ रंग रातो र केसरी हो भने शुभ अंक ३ र ७ रहेको छ।
कन्याः टो पा पि पु ष ण ठ पे पो
साताको
प्रारम्भमा कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान
रहनुहोस्। साताको मध्यमा पायक स्थानमा यात्राका योग छन्। रोकिएका कार्य बन्नेछन्।
साताको अन्त्यमा कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। सांस्कृतिक कार्यक्रमहरूमा
सहभागी भइएला। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको
शुभ रंग हरियो र निलो हो भने शुभ अंक २ र ७ रहेको छ।
तुलाः रा रि रु रे रो ता ति तु ते
साताको प्रारम्भमा आफुलाइ
ऊर्जावान महसुस गर्नुहुनेछ। नयाँ कार्य गर्नमा मन लाग्नेछ। साताको मध्यमा पुराना
कमी कमजोरीलाई सुधार गर्ने अवसर मिल्नेछ। साताको अन्त्यमा कार्यक्षेत्रमा आफुमाथि
विश्वास राखी निर्णय लिनुहोला सफलता मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन
लाग्नेछ। नोकरी वा पेशामा योग्यताको उचित मूल्यांकन हुनेछ। सदैव गायत्री मन्त्रको
जप गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग रातो र केसरी हो भने शुभ अंक
१ र ५ रहेको छ।
वृश्चिकः तो ना नि नु ने नो या यि यु
साताको प्रारम्भमा आफन्तहरूबाट
उपहार पाइएला। प्रशासनिक वा राजकीय क्षेत्रमा सफलता मिल्नेछ। साताको मध्यमा संचित
धनमा वृद्धि हुनेछ। प्रतिष्ठित कार्यले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ। साताको
अन्त्यमा भौतिक सुख सुविधा जुटाउनको लागि धनखर्चका योग छन्। नोकरी वा पेशामा पहिला
लिएका निर्णयहरूको प्रशंसा हुनेछ। सदैव भगवान विष्णुजीलाई तुलसी दल अर्पण गरेर
दिनको प्रारम्भ गरौं। यो सातको शुभ रंग सेतो र रातो हो भने शुभ अंक ४ र ६ रहेको छ।
धनुः ये यो भा भि भु धा फा ढा
भे
साताको प्रारम्भमा सकारात्मक
विचारले मन प्रसन्न रहनेछ। धर्मकर्ममा मन लाग्नेछ। निभाउन नसक्ने वाचा नगरौँ।
साताको मध्यमा पेटसम्बन्धी समस्या देखा पर्न सक्ला खानपानमा विशेष ध्यान दिनुहोस्।
सवारी साधनमा धनखर्च हुनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। साताको
अन्त्यमा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। प्रतिस्पर्धी छात्रहरूलाई
प्रतिस्पर्धामा सफलता मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरको लागि संघर्ष
गर्नुपर्ला। सदैव दुर्गादेवीको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको
शुभ रंग खैरो र सेतो हो भने शुभ अंक ३ र ५ रहेको छ।
मकरः
भो जा जि जु जे जो ख खि खु खे खो गा गि
साताको प्रारम्भ लाभदायी रहनेछ। नोकरी वा पेशामा एकाग्र भएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। व्यापारमा साझेदारसँग मनमुटाव सुल्झिनेछ साथै आर्थिक लाभ रहनेछ। साताको मध्यमा हतारमा कुनै निर्णय नलिनुहोला साथै आफ्नो निर्णयमा परिवारलाई पनि सम्मलित गर्नुहोस्। स्वास्थ्यमा ब्लड प्रेसरको समस्या छ भने चिकित्सकको सल्लाह लिनुहोस्। साताको अन्त्यमा यात्रा सुखदायी रहनेछ। शत्रुहरू पराजित हुनेछन्। यो साताको शुभ रंग खैरो र रातो हो भने शुभ अंक १ र ५ रहेको छ।
कुम्भः
गु गे गो सा सि सु से सो दा
साताको प्रारम्भमा धैर्य र
पराक्रममा वृद्धि हुनुको साथै नयाँ कार्य कार्यान्वित गर्न लागि उचित समय रहेको छ।
कार्यक्षेत्रमा आफूभन्दा ठूलाको सहयोग मिल्ला। साताको मध्यमा विद्यार्थीहरूलाई
शिक्षामा सफलता मिल्नेछ। पारिवारिक सद्भावमा कमी रहनेछ। साताको अन्त्यमा नोकरी वा
पेशामा गुमाएको स्थान स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला। सन्तानको प्रगतिले
मन प्रसन्न रहनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो
साताको शुभ रंग पहेलो र बैजनी हो भने शुभ अंक ५ र ८ रहेको छ।
मीनः
दि दु थ झ ञ दे दो चा चि
साताको प्रारम्भमा धनलाभका नयाँ अवसर जुट्नेछन्। सुख सुविधामा वृद्धि हुनेछ। गृहणीहरूको घरायसी कामकाजमा समय बित्नेछ। साताको मध्यमा पहिला गरिएका गल्तीहरूबाट पाठ सिकेर अगाडि बढ्नुहोस्। आफन्तहरूबाट टाढा हुनाले मन खिन्न रहनेछ। । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। यो साताको अन्त्यमा जग्गा जमिनबाट लाभ मिल्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोला। यो साताको शुभ रंग हरियो र निलो हो भने शुभ अंक ७ र ९ रहेको छ।
(ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल)