झगनखबर
भदौ १८ । सिद्धिचरण
नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । नेपाल सरकारका
परराष्ट्र मन्त्री नारायण प्रसाद (एनपी) साउदले भदौ १७ गते उद्घाटन गर्नुभएको हो ।
नगरप्रमुख तेजेन्द्र खनालको अध्यक्षता परराष्ट्र मन्त्री एनपी साउदको प्रमुख
आतिथ्यमा भएको कार्यक्रममा राज्यव्यवस्था
तथा सुशासन समितिका सभापति एवं संघिय माननिय रामहरि खतिवडा, कोशी प्रदेशका खानेपानी, सिञ्चाई तथा
उर्जामन्त्री प्रदिपकुमार सुनुवार , उपप्रमुख केदारबाबु
बस्नेत, निवर्तमान प्रमुख मोहन कुमार श्रेष्ठ लगायतको
उपस्थितिमा उद्घाटन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मन्त्री
साउदले प्रशासनिक नीतिगत कुराहरुलाई सुधार गर्दै लाने र जिल्लालाई थप विकास
गर्न पर्यटन प्रबद्र्धनका लागी आवश्यक
सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमलाई सम्बोधन
गर्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कर्मचारी
सम्बन्धी नियम संसोधन र भ्रष्टचार सम्बन्धी भएका मुद्धाहरुलाई समितिमा छलफल गर्ने
बताउनु भयो । कोशी प्रदेशका
खानेपानी सिन्चाँई तथा उर्जा मन्त्री प्रदिप कुमार सुनुवारले प्रदेश सरकारको
मुद्धा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकोले अहिले प्रदेश सरकारले कुनै विकास
निर्माणका कार्यहरु गर्न सक्ने अवस्था नरहेको बताउनु भयो ।
कार्यक्रमका सभापति
एवं नगरप्रमुख तेजेन्द्र खनालले भवन उद्घाटनको लागी प्रत्यक्ष वा परोक्ष रुपमा
सहयोग पुर्याउने सबै सरोकारवाला निकाय तथा ब्यक्तिहरुलाई धन्यबाद दिनुभयो ।
करिब २ करोड ६० लाख
लागतमा निर्माण सम्पन्न भएको उक्त प्रशासनिक भवन ४ तला रहेको छ । भवन निर्माण सम्पन्न भएपछी नागरिकलाई सेवा
प्रवाह गर्न सहज हुने नगर प्रमुख तेजेन्द्र खनालले बताउनु भयो । २०७८ साल असोज १
गते बाट शुरु भएको भवन निर्माण तोकीएको समयमै सम्पन्न भएको थियो ।