जेठ २८ ।
जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ५ वर्णालुमा मोटरसाइकल एकापसमा ठोकीदा
घाँटीको हड्डी भाँचिएको छ । मोटरसाइकल एकापसमा ठोकीदा सोई वडाका २९ वर्षीय सुवास
श्रेष्ठका घाँटीको हड्डी भाँचिएको हो । विहिबार दिउँसो करिब २ बजेको समयमा
ओखलढुंगा रुम्जाटारको भित्री सडक खण्डमा
मोटरसाइकल एकापसमा ठोक्कीएका थिए । ओखलढुंगाबाट रुम्जाटारतर्फ जाँदै गरेको
बा ४२ प ५७२८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्र १–०७–००१ प ००७४ को
मोटरसाइकल एकापसमा ठोक्कीएको प्रहरीले जानकारी दिएका छन् । घाँटीको हड्डी भाँचिएका
श्रेष्ठको सामुदायिक अस्पताल मिसन सोब्रुमा सामान्य उपचार पछि थप उपचारका लागि
काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । प्र १–०७–००१ प ००७४ नम्बरको
मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिएका छन् ।