राजकुमार कार्की
असोज ७ । अहिलेको
सरकारलाई जुनसुकै अवस्था आए पनि टिप्पेर मिल्काउनु पर्ने अवस्था आएको पुर्व
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । शहिद
गुरु लुइटेल स्मृति पार्क उद्घाटन गर्न ओखलढुंगा रामपुर आईपुग्नु भएका अध्यक्ष
ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
अहिलेको सरकारले
जनतालाई नभई सुनलाई मात्रै हेर्ने गरेको आरोप लगाउनु भयो । पहिला पहिला बुढाबुढीले
माटो छुँदा अन्न होस, ढुंगा समाउदा द्रब्य होस भन्दै आशिष दिन्थे अहिले माओबादीको सरकारले जे
छोयो त्यो सुनै सुन भएको छ ‘उहाँले ब्यंग्यात्मक शैलीमा भन्नुभयो ।’ माओबादी नेतृत्वको
सरकार,
क्रान्तीकारी, परिवर्तनकारी
नेतृत्वको सरकार, भ्रष्टचारी र तस्करी भएको आरोप पनि लगाउनु भयो । अहिलेको सरकारले हिँसा
मात्रै फैलाएको जनतालाई शान्ति र विकास दिन नसकेको जिकिर गर्नु भयो ।
विभिन्न साम्प्रदायिक
दंगा भड्कीएको छ, नेपाली जनतालाई भड्काउने खेल भईरहेको छ, तर सरकार कानमा तेल
हालेर बसेको छ । हिँसा भड्काउने काम भईरहेको छ, नेपाली जनतामा मारामार गर्ने काम भईरहेको छ
तर सरकार थाहा नपाएको जस्तो गरेर बसेको आरोप लगाउनु भयो । दुर्गम देशमा विभिन्न
जातिय,
भाषिक विविधता भएकाले
यसलाई संरक्षण र विकास गर्नुपर्छ । यसलाई आपसी बैमनस्य र झगडाको बिउ बनाउनु हुँदैन
। सामाजिक न्याय र सामाजिक सद्भाव कायम राख्दै, राष्ट्रिय एकता कायम गरेर जनता आफैले देशलाई
विकसीत बनाउनु पर्ने पनि बताउनु भयो ।
शिक्षक गुरु लुइटेललाई तत्कालीन माओबादीले यातना
सहित झुन्डयाएर मारिएको थियो । २०६० सालमा माओबादीले अपहरण गरी लुइटेललाई
झुन्ड्याएर मारिएकोे थियो । अपहरण पश्चात २०६० साल असोज ७ गते विहान बरको रुखमा
झुन्ड्याईएको अवस्थामा फेला पारेको पारिवारीक श्रोतले जनाएका छन् ।
तत्कालीन बरुणेश्वर गाउँविकास
समिति हाल मोलुङ गाउँपालिका वडा नं २ स्थित रामपुर बजारमा मुलबाटो (अहिले सडक) मा
रहेको बरको रुखमा झुन्ड्याएर मारिएको थियो
। उक्त झन्ड्याइएको स्थानमा गुरु स्मृति पार्क स्थापना गरिएको छ । लुइटेललाई नेपाल
सरकारले शहिद घोषणा समेत गरेको छ । उहाँको अर्धकदको सालिक सहित स्मृति पार्क
निर्माण गरिएको हो । निर्माण सम्पन्न भएको स्मृति पार्क एमाले अध्यक्ष केपी शर्मा
वलीले उद्घाटन गर्नु भएको हो ।