भूमी सम्बन्धी अध्यादेश होल्ड गरेर बाँकी अध्यादेश पास हुन्छ : प्रदिप ज्ञवाली


फागुन २२ । नेकपा एमाले उपहासचिव प्रदिप ज्ञवालीले विवाद भएको भूमी सम्बन्धीको अध्यादेश होल्ड गरेर भएपनि बाँकी अध्यादेश पास हुने बताउनु भएको छ । पार्टी कार्यकर्ता प्रशिक्षणमा ओखलढुंगा आउनु भएका ज्ञवालीले पत्रकारहरु सँग कुरा गर्दै यस्तो बताउनु भएको हो । सरकारले ६ वटा अध्यादेश ल्याएको छ, त्यसमध्ये ५ वटा अध्यादेशमा सबै दलको सकारात्मक प्रतिकृया पाईएको छ । केही राजनीतिक दलले  प्रकृयाको बारेमा प्रश्न उठाउनु भएको छ, यो प्रतिपक्षको धर्म हो; ‘उहाँले भन्नु भयो । अहिलेको सरकारले मात्रै अध्यादेश ल्याएको होइन, पहिलाका हरेक सरकारले सदन नभएको बेलामा आफ्नो सहजताको लागि अध्यादेश ल्याउने गरेको पनि बताउनु भयो । अहिलेको सरकारले ल्याएको अध्यादेश सरकार टिकाउने नभई सहकारी पिडितको विषयमा, सरकारी सेवाप्रवाह र लगानीको विषयमा भएकाले जनताको हितका लागि अध्यादेश जति सक्दो चाँडो पास हुनुपर्नेमा जोड दिनु भयो । भूमी सम्बन्धी अध्यादेशमा केहि प्रश्नहरु उठाईएको छ । सरकारभन्दा बाहिर भएका साथीहरुको  कुरालाई पनि मध्येनजर गरेर भूमी सम्बन्धी अध्यादेशलाई थाती राखेर अन्य ५ वटा अध्यादेश पास हुने बताउनु भयो

नेकपा एमाले ओखलढुंगाको स्कुल विभागको  आयोजनामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।   जिल्लाका एक पालिकाका ३ जनाका दरले २४ जनालाई प्रशिक्षक प्रशिक्षण तालीम दिइएको थियो । मंगलबार देखि भएको प्रशिक्षण कार्यक्रम विहिबार सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । नेकपा एमाले पोलीब्युरो सदस्य परशुराम मेघी गुरुङ, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइराला लगायतले प्रशिक्षण दिएको बताएका छन् ।

प्रतिक्रिया