पहिरोले किरानापसल सहितको खाजाघर बगाउदा दुइ जना घाइते


असार २२ । ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं १२ स्थित जिविस टोलमा किराना पसल  सहितको खाजाघर   बगाउदा दुइजना घाइते भएका छन् । होटल तथा किराना पसल सन्चालिका इन्दीरा खत्रीको किराना पसल  सहितको जस्ताको घर बगाएको हो ।

 खजाघर र पसल सहितको जस्ताको घर बगाउदा ३५ वर्षिय इन्दीरा खत्री र उहाँकी छोरी १३ वर्षिय लक्ष्मी विष्ट घाइते भएका छन् ।  घाइते आमाछोरी दुवै जनाको सामुदायिक अस्पताल मिसन सोब्रुमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । किराना पसल सहितको खाजा घर (जस्ताको) बगाउदा कति क्षति भएको हो, यकिन भइनसकेको प्रहरीले जानकारी दिएको छ ।

२१ गते शुक्रबार रातिदेखि भएको अविरल वर्षाका कारण गएको पहिरोले सन्चालन भईरहेको जस्ताको छानो र जस्ताकै बेरा भएको खाजा घर बगाएको हो । प्रहरीका अनुसार आमा इन्दीराको शरिरका विभिन्न ठाउँमा चोट र छोरी लक्ष्मीको दुवै खुट्टामा चोट रहेको छ । 

खाजाघर सन्चालन भईरहेको अवस्थामा शुक्रबार दिउसो करिब ३ः५० बजेको समयमा पहिरो गएको थियो । सडकको डिलमा भएको घर पहिरोले बगाएर डिल मुनी पु¥याएको थियो । आमा छोरीलाई डिलमुनी पुरिएको अवस्थामा उद्धार गरिएको जनाएका छन् । स्थानियबासीका अनुसार खाजा घरमा खजा खाईरहेका अन्य दुई जना पनि पहिरो पछि आफै निस्केर गएको बताएका छन् । पहिरो गएपछि केहि समय यातायातका साधन पनि अबरुद्ध भएका थिए ।

पहिरो गएको जानकारी पाउन साथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको टोली सहित स्थानिय बासीले उद्धार गरेको बताएका छन् । किराना पसल सहितको खाजा घर पुर्ण क्षति भएको र घरभित्र भएका सम्पुर्ण सामग्रीहरु पुरिएका छन् ।

भोजपुर स्थाई घर भएकी इन्दीरा खत्री ओखलढुंगा जि.वि.स टोलमा किराना पसल तथा होटल सन्चालन गर्दै आउनु भएको थियो ।


प्रतिक्रिया