ट्रयाक्टर दुर्घटना हुदा चारजना घाइते


बैशाख ९ ।  मानेभन्ज्याङ्ग गाउपालिका  ६ सोक्माटार स्थित हिलेपानी जयरामघाट सडक खण्डमा ट्याक्टर दुर्घटना भएको छ ।  सिमेन्ट, पानीको ड्रम बोकि सोक्माटार तर्फ आउदै गरेको स १ त ६११६  नम्बरको टयाक्टरको पछाडीको ट्रलिको हिच पिन भाचिन गई दुर्घटना भएको हो ।बुधबार बिहान करिब ७ बजेको समयमा दुर्घटना भएको हो । टयाक्टरमा घाइते भएकाहरुको सामुदायिक अस्पतालमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय ओखल्ढुङ्गाले जानकारी दिएको छ ।  चालक प्रहरी चौकी हर्कपुरको नियन्त्रणमा रहेको बताएका  छन । मानेभञ्जयाङ गा.पा.-२ बस्ने अ. बर्ष-३० को धन कुमार बि.क. को छाती ,ढाड र हात खुट्टामा चोट । ऐ.ऐ.-२ बस्ने अ. बर्ष-३० को मन कुमार बि.क. टाउको , छाती, हातखुट्टामा चोट भएको । ऐ.ऐ.-२  बस्ने अ. बर्ष-२५ को भाईकाजि राईको टाउकोमा चोट ।  ऐ.ऐ.-२ बस्ने अ. बर्ष-१५ को झनक श्रेष्ठ हात र घुडामा चोट र ऐ.ऐ.-२ बस्ने अ.बर्ष-५७  को तुल बहादुर श्रेष्ठको ढाड र खुट्टामा चोट।

प्रतिक्रिया