राजकुमार कार्की
पुस २८ । ओखलढुंगामा सवारी
दुर्घटनामा परी घाइते भएका सुरज ताम्रकारलाई थप उपचारका लागि हेलीकप्टर मार्फत
काठमाण्डौ लगिएको छ । सोमबार विहान स्कुटर र अटो एकापसमा ठोक्कीएर घाइते भएका
स्कुटर चालक ताम्रकारलाई थप उपचारका लागि काठमाण्डौ लगिएको हो । दुर्घटनामा दाहिने
आँखा र खुट्टामा चोट लागेका ताम्रकारलाई सामुदायिक अस्पताल मिसन सोब्रुमा उपचार
पश्चात काठमाण्डौ लगिएको छ ।
सोमबार विहान करिब ९ बजेको समयमा सिद्धिचरण
नगरपालिका–११ रमाईलोडाँडा छेउमा बिपरित दिशाबाट आएका स्कुटर र अटो एकापसमा ठोक्कीएर
दुर्घटना भएको छ । रमाईलोडाँडाबाट मिलनचोक तर्फ जाँदै गरेको प्र १–०२–००४ ह ४५७० नम्बरको
अटो र मिलनचोकबाट रमाईलोडाँडा तर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०४७ प ६२६९ को स्कुटर
एकापसमा ठोक्कीएका थिए । दुर्घटनामा अटोचालक मोलुङ गाउँपालिका–७ पात्ले बस्ने
अन्दाजी २८ वर्षीय सुरज बि.क को अनुहारमा चोट लागेको छ । स्कुटरचालक सिद्धिचरण
नगरपालिका–११ बस्ने अन्दाजी ३६ वर्षीय सुरज ताम्रकारको दाहिने आँखा र दाहिने
खुट्टामा चोट लागेको थियो । दुवैजना घाइतेलाई उपचारका लागि सामुदायिक अस्पताल मिसन
सोब्रुमा पठाईएको थियो ।
अटोचालक बि.कको अवस्था समान्य रहेको छ, भने ताम्राकारलाई थप
उपचारका दिउँसो करिब २ः०८ बजेको समयमा अल्टिच्युट एअरको हेलीकप्टर मार्फत
ट्रमासेन्टर लगिएको छ । दुवै सवारीसाधन प्रहरी कार्यालयको नियन्त्रमा रहेको जिल्ला
प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।