यो साता मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो
यात्राको योग रहेको छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धार्मिक र सांस्कृतिक
सभासमारोहमा सरिक हुने समय छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ ।
व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । यो
साताका लागि शुभ अङ्क १,६ र शुभ
रङ्ग गुलाबी वा घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ
गर्दा शुभ फल प्राप्त हुनेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता रोकिएका र चिताएको
कामले तीव्रता लिने र रोकिएका अधुरा कामहरू पुन: प्रारम्भ हुने छ । मनमा ठूलो
उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ ।
आकस्मिक यात्राको अवसर आउन सक्छ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ
। सामान हराउने योग पनि छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग आकाशे वा गुलाबी
हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गर्नाले सफलता
हात पर्नेछ ।
यो साता चलाखीपूर्ण बोलीले कार्य सिद्ध
हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रतिस्पर्धात्मक कार्यमा
आफ्नो जित हुनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । आफन्त र साथीभाइबाट
सहयोग तथा हौसला प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । रमाइलो यात्रा पनि
होला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै
शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले अधिक लाभ मिल्नेछ ।
यो साता स्वास्थ्यमा केही बाधा व्यवधान रहन
सक्नेछ । चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । गरेका काममा ढिलासुस्ती हुनेछ
कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । सोमबारबाट चिताएको कामले तीव्रता
लिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला
। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु
भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल मिल्नेछ ।
यो साता न्यायिक कार्यमा सफलता मिल्नेछ ।
प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । पुनर्मिलनको योग रहेको छ
। कुनै कुराले अनुहारमा चमक आउनेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ ।
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला । यो साताका
लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि लक्ष्मीजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ
।
यो साता विद्या तथा प्रतिष्पर्धामा सफल
भइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । माया प्रेममा आत्मियताको बढोत्तरी पनि
हुनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । नयाँनयाँ व्यक्तिहरूसित
सम्पर्क हुनाले भाग्य बढ्ने छ । साताको अन्त्यमा भने चुनौतीको सामना पनि
गर्नुपर्ला । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु
पूर्व आफ्नो पितृदेवतालाई स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता ससाना यात्राबाट राम्रो फल मिल्नेछ
। प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । अतिथिको रूपमा सत्कार पाइएला । विदेशबाट
राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । कला, गला र सांस्कृतिक
क्षेत्रको समेत प्रभाव बढ्दै जानेछ, तर आहार विहार प्रति सजग रहनु पर्छ ।
नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग
सिन्दुरे वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य गर्दा
राम्रो हुनेछ ।
यो साता आफूले ठीक मानेर गरेको काममा
आफैलाई सन्तुष्टि मिल्ने छैन । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो
व्यवहार पुर्याउन नसक्नाले मंगलवारबाट नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ ।
सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । यो साताका लागि
शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको
आरधना गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
यो सातमा रोकिएको काम दोहोर्याएर प्रयत्न
गर्दा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । नजिकको व्यक्तिको
सहयोगबाट कार्य पुरा हुनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।
साताको अन्त्यमा अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । व्यस्तता
बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो
वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गर्नाले सफलता हात
पर्नेछ ।
यो साता आफ्नै प्रयासमा सुनिश्चित गरिएका
कार्यबाट सफलता प्राप्तिको योग छ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज
विकास हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । सवारी साधनको खरिद बिक्री हुने योग छ ।
सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ ।
कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । यो साताका लागि शुभ अङ्क १, ८ र शुभ रङ्ग सेतो
वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता हात
पर्नेछ ।
यो हप्ता बजार घुम्ने अवसर मिल्नेछ । केही
नयाँ कुरा खरीद गर्न सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक
तथा टेक्निकलका क्षेत्रबाट बढी सफलता मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै
आम्दानीका स्रोत बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइने र आकस्मिक रूपमा
धनप्राप्तिको सम्भावना समेत छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग पहेँलो
वा निलो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक
राम्रो हुनेछ ।
यो साता आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नमिल्ला । अनावश्यक झमेलामा परिएला, तर सोमबारबाट धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल