सिद्धिचरण नगरप्रमुखको पहलमा ओखलढुंगाका ४ दर्जन बढी बिरामीको निःशुल्क उपचार


 असोज ५ । नेपाली कांग्रेसका जिल्ला सभापति एवं सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालको पहलमा ओखलढुंगाका ५० जना बढी बिरामीको निःशुल्क उपचार भएको छ । खनालको अनुरोधमा काठमाण्डौ मेडीकल कलेजले ओखलढुंगाका बिरामीहरुलाई निःशुल्क शल्यक्रिया सहितको उपचार सेवा उपलब्ध गराएको हो । जिल्ला भरिका विपन्न नागरिकहरुलाई शल्यक्रिया सहितको निःशुल्क उपचार भईरहेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा सदस्य डा. सुनिल शर्मा सन्चालक भएको केएमसी अस्पतालले ओखलढुंगाका विपन्न, गरिब असहाय नागरिकलाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको हो । 

आर्थीक अवस्था कमजोर भएका कारण उपचार गर्न नसक्ने विपन्न परिवारका सदस्यहरुलाई निःशुल्क उपचार गर्ने ब्यवस्था सभापति खनालले मिलाउनु भएको हो ।  रोग पहिचान भई शल्यक्रिया गर्नुपर्ने र आर्थीक अवस्थाका कारण शल्यक्रिया गर्न नसकेका विपन्न नागरिकहरुलाई निःशुल्क उपचार गर्ने सम्झौता भएको थियो । रोग पहिचान भई शल्यक्रिया गर्न नसकेका विरामीहरुको मात्र निःशुल्क शल्यक्रिया गर्ने सम्झौता भएपनि अन्य रोगको समेत निःशुल्क उपचार गरिएको अस्पताल श्रोतले जानकारी दिएको छ । विभिन्न रोगबाट ग्रसित ५० जना भन्दा बढी नागरिकले उपचार सेवा लिईरहेको नेपाली कांग्रेसका जिल्ला सचिव अजय लुइटेलले जानकारी दिनुभयो ।

असोज १ गते नाम दर्ता गराएका विरामीहरुको निशुल्क उपचार भईरहेको छ । उक्त दिनभरीमा ५० जना भन्दा बढीले उपचारको लागि नाम दर्ता गराएको अस्पतालले जानकारी दिएको छ । विरामीहरु चेकजाँच पछि औषधी लिएर फर्किएका छन् भने कति पय विरामीहरु बेड भर्ना भएर उपचार गराई रहेका छन् । सम्झौतानुसार आवश्यक औषधी भन्दा बाहेक सम्पुर्ण चेकजाँच निःशुल्क भईरहेको छ । अस्पतालका अनुसार ४ जनाको शल्यक्रिया भईसकेको छ भने अन्य विरामीको पनि चेकजाँच पछि शल्यक्रिया गर्ने तयारी भईरहेको नेपाली कांग्रेस ओखलढुंगा काठमाण्डौ सम्पर्क समितिका सभापति खिलनाथ लुइटेलले जानकारी दिनुभयो ।

रोग पहिचान भएर पनि पैसाको अभावले गर्दा रोग पालेरै बस्न बाध्य भएको थिएँ, शल्यक्रिया पश्चात एक विरामीले भन्नुभयो; 'पैसा नहुँदा पनि रोग पालेर बस्नु परेन, म लगायत मेरो परिवार नै खुशी भएका छौँ ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य केएमसी अस्पतालका सन्चालक डा. सुनिल शर्मा ओखलढुंगा गएको बेलमा नेपाली कांग्रेसका जिल्ल्ला सभापति एवं सिद्धिचरण नगरपालिका प्रमुख तेजन खनाल  (तेजेन्द्र) ले गरिब, असहाय, विपन्न नागरिकको निःशुल्क उपचार गर्न अनुरोध गर्नु भएको थियो । खनालको अनुरोधलाई स्विकार गर्दै डा. शर्माले नगरप्रमुख खनालको सिफारीसमा आएका विरामीहरुलाई निःशुल्क उपचार गराईदिने प्रतिबद्धता जनाउनु भएको थियो । ओखलढुंगाका रोग पहिचान भएका सम्पुर्ण विरामीहरुलाई असोज १ गते अस्पताल आएर आफ्नो नाम दर्ता गराउन सुचना जारी गरिएको थियो । रोग पहिचान भएर शल्यक्रिया गर्नु पर्ने तर पैसाको अभावमा शल्यक्रिया गर्न नसकेका नागरिक लगायत अन्य बिरामी नागरिकहरु प्नि अस्पतालमा आएका थिए ।

नगरप्रमुख खनालले अस्पताललाई धन्यबाद दिदै, गरिबीका कारण काठमाण्डौ सम्म आउन नसक्ने नागरिक भएकाले पुनः ओखलढुंगामै निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरिदिन आग्रह समेत गर्नुभयो ।

उहाले भन्नुभयो; 'काठमाण्डौ थाहा पाउने नागरिक मात्र उपचारको लागि आएका छन्, रोगले ग्रस्त भएका तर काठमाण्डौ थाहा नभएका नागरिकहरु थुप्रै भएकाले एक पटक फेरी जिल्लामै निःशुल्क शिविरको आयोजना गरिदिन माननीय सुनिल शर्मा, ब्यवस्थापन समुह र अस्पताल प्रशासन सँग अनुरोध गर्दछु ।  


प्रतिक्रिया