युक्रेनमा हेलिकप्टर दुर्घटना, १८ जनाको मृत्यु


माघ ४ । युक्रेनको राजधानी किएभको पूर्वी भागमा  हेलिकप्टर दुर्घटना हुदाँ १८ जनाको मृत्यु भएको छ। दुर्घटना हुँदा देशका आन्तरिक मामिलामन्त्रीसहित  १८ जनाको  मृत्यु भएको हो ।  शिशु शिक्षालयनजिकै भएको दुर्घटनामा जमिनमा भएका  नौ जना मानिसहरू को समेत निधन भएको थियो । घाइते १५ जनाको अस्पतालमा उपचार भइरहेको छ। ३ जना बालबालीकाको पनि निधन भएको बताएका छन् ।  हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्स्की, आन्तरिक मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरू, उपमन्त्री र एक सचिव लगायत अन्य आठ जना सवार थिए। युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन्। सैन्य अधिकारीका अनुसार उक्त घटनामा २९ जना घाइते भएका छन्। घाइतेहरूको  अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको समयमा त्यहाँ हुस्सु लागेकाले निकै अँध्यारो भएको थियो । शिशुशिक्षालयनजिकै आगो लागेकाले बालबालिका र त्यहाँका कर्मचारीलाई अन्यत्र लगिएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया