काठमाडौं २९, फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको
जन्म बुबा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको कोख बाट विसं २००१ असोज २९
गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा भएको हो । उहाँकी श्रीमती सविता पौडेल तथा
चार छोरी र एक छोरा हुनुहुन्छ ।
मध्यमवर्गीय किसान परिवारमा जन्मनुभएका
पौडेलको स्थायी बसोबास तनहुँको व्यास–८ बेलथुम्की हो । हाल
काठमाडौँ महानगरपालिका–१६ बोहोराटारमा बस्दै
आउनुभएको छ ।
पौडेलले शास्त्री (संस्कृत साहित्य, २०२४) र स्नातकोत्तर तह (नेपाली साहित्य २०२७) उत्तीर्ण गर्नुभएको छ ।
पौडेललाई बौद्धिक, सादगी, जुझारु एवम्
सङ्घर्षशील र अध्ययनशील व्यक्तिका रूपमा चिनिन्छ ।
राजनिति प्रबेश
पौडेलले विसं २०१६ मा पोखरामा हिमालयन छात्र सङ्घ स्थापना गर्दै
राजनितिक जीवनको शुरुवात गर्नु भएको थियो ।
२०१७ जेठ, असार तिर नेपाल संस्कृत छात्र सङ्घको काठमाडौँ अधिवेशनका
लागि प्रतिनिधि छनौट हुनुभएको थियो । विसं
२०१७ पुस १ गते जननिर्वाचित संसद् भङ्ग गरी प्रधानमन्त्री विपी कोइराला लगायत
नेताहरुलाई लाई जेलमा राखिएको थियो । पौडेल त्यसको विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुभएको थियो
।
विसं २०१९ सालमा नेपाल संस्कृत विद्यार्थी
सङ्घको सचिवको सचिव हुनुहुन्थ्यो । ०१९–०२० सालमा
उपत्यकाव्यापी विद्यार्थी आन्दोलन र २०२०–२०२१ सालमा
राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा
पौडेल गिरफ्तार हुनुभएको थियो ।
२०३४ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य, २०३६ सालमा जिल्ला उपसभापति पद सम्हाल्नु भएको थियो । २०३७ सालमा जनमत
सङ्ग्रहको बेलामा बहुदलीय व्यवस्थाको प्रचार–प्रसार जिल्ला समितिको संयोजक बन्नुभएको थियो । २०४०
सालमा नेपाली कांग्रेस केन्द्रि सदस्य तथा प्रचार विभाग प्रमुख बन्नुभएको थियो ।
२०४३ सालमा फेरी पनि नेपाली कांग्रेसको केन्द्रिय सदस्य बन्नुभएको थियो ।
२०६२ देखि २०६४ सम्म नेपाली कांग्रेसको केन्द्रिय
महामन्त्री र २०६४ देखि ०७२ सम्म केन्द्रिय उपसभापति र संसदीय दलको नेता समेत
बन्नुभएको थियो । २०७२ सालमा कार्यबाह सभापति बन्नुभएको थियो ।
भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र सङ्घर्ष
(आन्दोलन) मा सहभागी भएको आरोपमा २०१८ सालमा तत्कालीन सरकारले गिरफ्तार गरी करिब
एक महिना सम्म हिरासतमा राखेको थियो ।
विद्यार्थी आन्दोलन र नेपाली कांग्रेस पार्टीको
जिल्ला सदस्य देखि केन्द्रसम्म विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै
आन्दोलनमा होमिने क्रममा पौडेलले विभिन्न समयमा
१४ वर्षभन्दा बढी जेलजीवन बिताउनु भएको थियो ।
२०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट पहिलो पटक
प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
त्यसपछि तनहुँ क्षेत्र नं २ बाट २०५१, २०५६, २०६४ र २०७० सालमा लगातार प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ तनहुँ क्षेत्र नं १ बाट
निर्वाचित हुनुभएको हो ।
२०४८ सालमा स्थानीय विकासमन्त्री, २०४९ सालमा कृषिमन्त्री र २०५१ सालमा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित
हुनुभएको थियो । उहाँले २०५६ साल र त्यसपछि उपप्रधानमन्त्री तथा सूचना तथा
सञ्चारमन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्रीका साथै शान्ति समितिको संयोजक समेत बन्नु
भएको थियो ।
मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार (महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र
कांग्रेसका संस्थापक हुन्) जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन्’को सम्मान .सन् २०२०)
लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
यसैगरी, सशस्त्र द्वन्द्धरत तत्कालीन नेकपा माओवादीलाई मूल प्रवाहको राजनीतिमा ल्याउने ऐतिहाँसिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो ।
विभिन्न सन्चारमाध्यामको सहयोगमा