मेष चु,
चे, चो, ला, लि, लु, ले, लो, अ
यो साता आफ्नै दक्षतामा विभिन्न
कार्यहरू सम्पन्न हुनेछन् । मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ ।
प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । अध्ययनअध्यापनको क्षेत्र भने कमजोर रहन सक्छ
। पारिवारिक सद्भाव पनि बढ्नेछ । यो यो साताका लागि शुभ अङ्क २, ९ र शुभ रङ्ग पहेँलो हो । कुनै
शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरी कार्य आरम्भ गर्नाले अधिक सफलता
हात पर्नेछ ।
वृष इ, उ,
ए, ओ,
वा, वि,
वु, वे,
वो
यो सातामा टाढिएका मित्रसँग नजिकिने समय छ
। कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ
समय रहेको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मध्य सातामा झन्झटिलो काममा
संलग्न हुनुपर्ने समय छ । यो साताका लागि शुभ अङ्क ६, ९ र शुभ रङ्ग हरियो
हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले राम्रो
हुनेछ ।
मिथुन का, कि,
कु, घ,
ङ, छ,
के, को,
हा
यो साता बेसुरमा वचन दिने बानीले अप्ठ्यारो
पार्न सक्छ । सरकारी निकायको भय रहला । कार्यमा सम्पादनमा समस्या आउला ।
प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । साताको अन्त्यमा
चुनौतीको सामना गर्नुपर्ला । मनमा दुबिधा पनि उत्पन्न हुनेछ । यो साताका लागि शुभ
अङ्क ३, ८ र शुभ रङ्ग खैरो
वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात
पर्नेछ ।
कर्कट हि, हु,
हे, हो,
डा, डि,
डु, डे,
डो
यो साता
राजनैतिक तथा समाज सेवामा मन लाग्नेछ । इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ ।
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । आफन्तसँग भेटघाट हुनेछ । नयाँ काममा
हात हाल्ने समय छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । प्रेममा सफलता पनि पाइनेछ ।
यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै
शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नसक्छ ।
सिंह मा,
मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता बुद्धिको उपयोग गर्दा
जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । नयाँ
कार्यको योजना बन्ने र विभिन्न अवसर जुर्नेछ । प्रेमीबाट विशेष सहयोग मिल्नेछ ।
सामाजिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क १, ९ र शुभ रङ्ग खरानी वा गुलाबी
हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गर्नाले अधिक
सफलता हात पर्नेछ ।
कन्या टो, पा, पि,
पु, ष,
ण, ठ,
पे, पो
यो हप्ता मित्रबाट विशेष सहयोग मिल्नेछ र
साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ ।
राजनैतिक र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्त्यमा स्वास्थ्य बिग्रन
सक्छ । यो साताका लागि शुभ अङ्क ४, ७ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै
शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
यो साता महत्त्वपूर्ण कार्यमा
व्यवधान आइपर्ला । स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । साताको
अन्त्यमा आफन्तले सहयोग गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । शुभ कार्यको चर्चा
चल्नेछ । समाजसेवामा मन पनि लाग्नेछ । यो साताका लागि शुभ अङ्क २, ३ र शुभ रङ्ग रातो वा घ्यू रङ्ग
हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको स्मरण गरी यात्रा गर्नाले अधिक सफलता
मिल्नेछ ।
वृश्चिक तो, ना,
नि, नु, ने,
नो, या, यि,
यु
यो साता कुनै कुराले मन प्रसन्न रहनेछ ।
राजनैतिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य
कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका
साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभ अङ्क २, ४ र शुभ रङ्ग गुलाबी
वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा
अधिक लाभ मिल्नेछ ।
धनु ये, यो, भा,
भि, भु,
धा, फा,
ढा, भे
यो हप्ता आफन्तहरूको सहयोगले
कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ । नयाँ कार्यको चर्चा
चल्नेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । साताको अन्त्यमा भने आफूलाई
कमजोर भएको अनुभूति हुनेछ साथै केही कठिनाइको सामना पनि गर्नुपर्ला । यो साताका
लागि शुभ अङ्क१,२ र शुभ
रङ्ग कालो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ
गर्नाले अधिक सफलता हात पर्नेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
यो साता शुभ कार्यको चर्चा
चल्नेछ । धर्म, तथा
समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । भाग्योदय हुने योग छ ।
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । न्यायिक र प्रशासनिक कार्यमा सफलता
मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । यो साताका लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग खैरो वा हरियो हो
। कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता
हात पर्नेछ ।
कुम्भ गु, गे, गो,
सा, सि,
सु, से,
सो, दा
यो साता आफूलाई कमजोर भएको
अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च हुन पनि सक्नेछ । मध्य सातामा धनार्जनका
नयाँ योजनाहरू पत्ता लाग्नेछन् । शुभकार्यको योजना बन्नेछ । वैदेशिक क्षेत्रको काम
विस्तारै अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग हरियो वा रातो हो
। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
मीन दि, दु, थ,
झ, ञ,
दे, दो,
चा, चि
यो साता नयाँ कामको योजना बन्नेछ । आफ्नै
दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । कृषि
कार्यमा पनि सफलता मिल्नेछ । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई
कमजोर भएको अनुभूति हुनेछ । साताका लागि शुभ अङ्क ६ र शुभ रङ्ग कालो वा हरियो हो ।
कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता
मिल्नेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल