ओखलढुंगा, कार्तिक २८ । आसन्न मंसिर ४ मा हुने
प्रदेश सभा सदस्य उम्मेदवारका लागि ओखलढुंगा प्रदेश (क) का उम्मेदवार प्रदिप कुमार
सुनुवार नेपाली कांग्रेसका हेभीवेट उम्मेदवार हुन् । लामो समय जिल्लाकै भूगोलमा
बसेर राजनिति गरेका सुनुवार अहिले नेपाली कांग्रेसका केन्द्रिय सदस्य हुन् । स्थानियस्तर
बाट राजनिति र पार्टीको संगठन गर्र्दै
आएका सुनुवार ओखलढुंगा जिल्लाको लगातार दुइ कार्यकाल सभापति निर्वाचित भएका थिए ।
उनि निरन्तर जिल्लामा कार्यकर्ता सँगै
बसेर जिल्लाको समग्र विकासमा योगदान पुर्याएका नेता हुन् । उनलाई
जिल्लाबासीले भुगोलका नेताको रुपमा चिन्ने गर्दछन् । ०६२।०६३ को जनआन्दोलन पछि
देशमा शान्ति आईसकेपछि जिल्लामै बसेका थिए । तत्कालीन समयमा नेपाली कांग्रेसको
जिल्ला उपसभापतिको भुमिका रहेका सुनुवार छोटो सयमै कार्यकर्ताको माझमा लोकप्रिय
भईसकेका थिए । नेपाली कांग्रेसको १२औँ महाधिबेशनमा लोकप्रिय मत ल्याएर जिल्ला
सभापति बनेका थिए । हक्की स्वभाव र कार्यकर्ताको काम गर्न झन्झट नमान्ने भएकाले
जिल्लामा कांग्रेसको दर्बिलो संगठन बनाउन सफल भएका थिए । द्वन्दमा थिलथिलो भएको
कांग्रेसको संगठनलाई पुनः पहिलाकै अवस्थामा फर्काउन सफल ब्यक्ति हुन प्रदिप सुनुवार, । २०७० सालको चुनावमा प्रतिनिधी सभा सदस्यका लागि
समानुपातिक तर्फका उम्मेदवार भए पनि संसद भने बन्न पाएनन्। २०७४ सालको
चुनावमा प्रदेश (ख) बाट उम्मेदवार बनेका सुनुवार थोरै मतले पराजित भएका
थिए । ७४ को चुनावमा नेकपा एमाले र नेकपा माओबादीको गठबन्धन थियो, नेपाली कांग्रेस
एक्लै चुनावमा होमिएको थियो । अहिले नेकपा माओबादी कांग्रेस सँगै गठबन्धनमा छ ।
कांग्रेसको राम्रो संगठन सँगै नेकपा माओबादी पनि गठबन्धनमा भएकाले सुनुवारलाई
चुनाव जित्न सजिलो भएको जिल्लाका जानकारहरु बताउछन् । नेपाली कांग्रेसको क्षेत्रीय
सदस्य, जिल्लाको सदस्य, सचिव, उपसभापति, दुई कार्यकाल
सभापति हुदै वर्तमान केन्द्रिय सदस्य हुन् । प्रदेश नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार मध्य
हाइप्रोफाइल भएका नेता हुन, । प्रदेश नं. १ मा गठबन्धनको सरकार बन्ने अवस्थामा मुख्य
मन्त्रिको दाबी गर्न योग्य ब्यक्ति भएको नेपाली कांग्रेसका नेताहरु बताउछन् ।