ओखलढुंगाका मतदाता भन्छन् एकपटक गगन सरकार हेर्ने हो !


राजकुमार कार्की

 फागुन ११ ।  फागुन २१ गते सम्पन्न हुने प्रतिनिधी सभा सदस्य निर्वाचन पश्चात गगन थापालाई सरकार प्रमुख भएको हेर्न चाहेको ओखलढुंगाका मतदाताले बताएका छन् । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधी सभा सदस्य उम्मेदवार कुमार लुइटेल सहित घरदैलो कार्यक्रममा मतदाताले यस्तो बताएका हुन ।

ओखलढुंगा जिल्ला कांग्रेसको किल्ला’ को रुपमा स्थापित भएको यस जिल्लामा युवा नेता कुमार लुइटेललाई प्रतिनिधी सभा सदस्यको उम्मेदवार चयन गरेको छ । उम्मेदवार लुइटेल सहित जिल्लाका शिर्षस्थ नेताहरु यतिबेला गाउँ‍‌गाउँमा मत माग्न घर–घरमा पुगिरहेका छन् । यो निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएको खण्डमा गगन कुमार थापालाई प्रधानमन्त्री बनाउने घोषणा गरेको छ । कांग्रेसले चुनावमा बहुमत ल्याएमा गगन थापालाई प्रधानमन्त्री बनाउने सन्देश सहित गाउँमा पुगेका कांग्रेस उम्मेदवारलाई यो पटक गगन थापाको सरकार हेर्ने रहर भएको बताएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेलले झगनखबरलाई बताउदै भन्नुभयो; 'ओखलढुंगेली मतदाताहरुमा एकदमै उत्साह  पाएको छु, युवादेखि बृद्ध सम्मका मतदाताहरुले देशमा गगन थापाको नेतृत्वमा सरकार भएको हेर्न चाहेको भन्दै आशिर्वाद दिईरहेका छन् । यो ओखलढुंगेली मतदाताको माया र सद्भावका कारण सामान्यतया पनि ५ हजार भन्दा बढी मतले विजय हुने प्राय निश्चित छ ।’

ओखलढुंगा जिल्लामा नेपाली कांग्रेसको संगठन पनि मजबुत छ, केन्द्रमा भएको कांग्रेसको परिवर्तनले जिल्लाका मतदाताहरु उत्साही देखिएकोले कांग्रेसको उम्मेदवार जिताउन कुनै कठिनाई नभएको जिल्ला पार्टी सभापति तेजेन्द्र खनालले बताउनु भयो । सभापति खनाल चुनाव प्रचार–प्रसार, घरदैलो कार्यक्रममा सहभागी भई उम्मेदवार सँगै रहेको बताएका छन् । 

नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिएको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशन बाट चुनिएको नयाँ केन्द्रीय कार्यसमितिले पार्टीका सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । प्रष्ट बोल्ने बानी भएका थापा एकल विद्रोहबाट स्थापित भएका युवा नेता हुन । नेपाली कांग्रेसमा हुने गलत प्रबृतिको समेत भन्डाफोर गर्दै आएका थापा विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

गत भदौ २३÷२४ मा ७६ जना युवाको ज्यान जानेगरि भएको जेन्जी आन्दोलनको चाहना बमोजिम नेपाली कांग्रेसलाई परिमार्जन गर्ने संकल्प गरेका थापाले नेतृत्व लिने आँट गरेका थिए । नेपालको सबै भन्दा पुरानो र ठुलो लोकतान्त्रीक दल नेपाली कांग्रेसको सभापतिमा गगन थापा  निर्वाचित भएपछि नेपाली कांग्रेसमा आशा पलाएको विश्लेषकहरुले बताएका छन् । भने नेपाली कांग्रेसले बहुमत ल्याएमा गगन थापालाई प्रधानमन्त्री बनाउने निर्णय सहित घोषणा गरिनुले  नेपाली जनतामा उर्जा थपिएको समेत बताउने गरेका छन् ।

विशेष महाधिवेशनबाट निर्विरोध सभापति भएका गगन थापाले चुनावका लागि प्रतिज्ञा पत्र सार्वजनिक पश्चात पहिलो पटक नागरिक सँग प्रश्नोत्तर कार्यक्रमको आयोजना गरिएको थियो । प्रश्नोत्तर कार्यक्रममा उठेका सवालमा जवाफ समेत दिएका थिए । यो भन्दा अगाडी स्वास्थ्य मन्त्री हुँदा ९ महिनाको अवधीमा स्वास्थ्य बीमा लगायतका क्षेत्रमा उलेख्य सुधार गरेको जानकारहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया