लिला सुनुवार
ओखलढुंगा २९,
फागुन । अघिल्लो
सरकारले ५ बर्षमा राख्न नसकेको प्रदेशको नाम राखेर यो सरकारले उल्लेख्य काम गरेको कोशी प्रदेश सभा सदस्य
प्रदिपकुमार सुनुवारले बताउनु भएको छ । जलदेवी युुवा क्लब जन्तरखानीले आयोजना
गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिता, २ दिने दन्तशिविर र
१० किलोमिटर जन्तरधाप म्याराथन
प्रतियोगिताको समापन कार्यक्रममा सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । आफुले
जनता माभ mभोट माग्ने बेलामा
प्रदेशको नामाकरण पहिलो र शुसासन दोस्रो प्राथमिकतामा रहने प्रतिबद्धता गरेको र
प्रदेशको नामकरण गरेर आफुले ओखलढुंगे जनता समक्ष गरेको पहिलो प्रतिबद्धता पुरा
गरेको बताउनु भएको छ ।
यो सरकारले गरेको प्रस्ताबमा कांगे्रसले
समर्थन गरेर प्रदेशको नामाकरणमा सरकारलाई साथ नदिएको भए यो कार्यकालमा प्रदेशको
नामाकरण गर्न निक्कै कठिन हुने परिस्थिती बुझेर कांग्रेसले प्रदेश नामाकरणमा सरकारले
ल्याएको कोशीप्रदेश नाममा समर्थन गरेको बताउनु भयो । अब बन्ने सरकार कांग्रेस मावोबादी सहित ८ दलिय
गठबन्दधनको प्रदेश सरकार बन्ने र प्रतिपक्षमा एमाले रहने परिस्थिति आएको र एमालेले
अनेक बखेडा झिकेर प्रदेश नामाकरण हुन नदिने परिस्थिति आउने बुझेरै कोशी प्रदेश
नामाकरणमा कांग्रेसले समर्थन गरेको समेत सुनुवारले स्पष्ट पार्नु भएको छ ।
जलदेवी समाज सेवी युवा क्लबले आफ्नो २५ औ
रजतजयन्तीको अवसरमा फाल्गुन २५ देखी २८ गते सम्म आयोजना गरेको खुल्ला पुरुषभलिवल
प्रतियोगिता, ॐ समाज डेन्टल हस्पीटल चाबाहिल संगको सहकार्यमा २ दिने
निःशुल्क दन्तशिविर र १० कि.मि. जन्तरधाप म्याराथन प्रतियोगिताको आयोजना गरेको
थियो ।
प्रतियोगितामा पुरुष भलिवलमा ईन्द्रवती
मैदाने सेवा समाज बि जन्तरखानी प्रथम, जिल्लाप्रहरी
कार्यालय ओखलढुंगा द्वितिय, ईन्द्रवती मैदाने
सेवा समाज ए जन्तरखानी तृतिय र जनकल्याण
युवाक्लब बाख्रे शान्त्वना स्थान हासिल गरेका छन । प्रथम, द्वितिय र तृतिय क्रमशः ५० हजार, ३० हजार, २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र
प्रदान गरिएको थियो ।
यसै गरि म्याराथन पुरुषतर्फ रविन बस्नेत
प्रथम, जंगविर राई द्वितिय, सुसन श्रेष्ठ तृतिय र सुरेश कुलुङ
सान्त्वना स्थान हासिल गरेका छन भने महिलातर्फ दिकु शेर्पाले प्रथम, प्रवीना राई दोस्रो, रुमाली मगरले तेस्रो
र इन्दिरा मगरले सान्त्वाना स्थानहासिल गरेकाथिए ।
. फागुन २७ गते सम्पन्न
भएको १० कि.मी म्याराथन प्रतियोगितामा कोशी प्रदेशका सभामुख बाबुराम गौतम, सिद्धिचरण नगरपालिका प्रमुख तेजन खनाल र चिसंखुगढि गाँउपालिका प्रमुख
निशान्त शर्मा समेतले भागलिएका थिए ।
म्याराथन प्रतियोगिताका संयोजक समाजसेवी
दिनेस कुमार मगरले आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि विश्वको सर्बाेच्च
शिखर सगरमाथा लगाएत उच्च हिमश्रृङखलाको दृश्यावलोकनका लागि म्याराथनको आयोजना
गरिएको बताएका छन ।