चैत २८ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद
ढाकाकुमार श्रेष्ठमाथि अनुसन्धान शुरु
गरिएको छ । सार्वजनिक भएको अडिओको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
सांसद श्रेष्ठमाथि अनुसन्धान सुरु गरेको हो । श्रेष्ठको अडियो विभिन्न सन्चार माध्यामबाट सार्वजनिक भएपछि
अनुसन्धान शुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।
रास्वपाका सांसद श्रेष्ठले मेडिकल
व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको भिडियो कपुरबोट डट्कमले सार्वजनिक गरेको
थियो । उक्त अडियोमा श्रेष्ठले स्वास्थ्यमन्त्री आफ्नो पार्टीले पाउन लागेको र आफू
मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको सुनिन्छ ।
यस्तै सांसद ढाकाकुमार श्रेष्ठको अडियो
प्रकरण’का बारेमा छानबिन गर्न राष्ट्रिय
स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक पनि मंगलबार बस्दैछ ।