नाबालिका बलत्कारको अभियोगमा दुई जना पक्राउ


बैशाख २५ । नाबालिका र किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई पक्राउ गरिएको छ । १३ वर्षीय नबालीका र १६ वर्षीय किशोरीलाई बलात्कार अभियोगमा उदयपुरमा पक्राउ गरिएको हो । शनिबार राती जबरजस्ती बलत्कार गरेको आरोपमा आइतबार विहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका १० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका ४ बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका ३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनीहरूले ती बालिका र किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जनाएको छ । 

प्रतिक्रिया