गठबन्धनका उम्मेदवार ‘गौतम’; माओबादीका प्रभावशाली नेता !

ओखललढुंगा, कार्तिक २९ । बाम लोकतान्त्रिक गठबन्धनको तर्फ बाट ओखलढुंगा जिल्ला प्रदेश (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार बाबुराम गौतम पुराना राजनितिक ब्यक्ति हुन् । नेकपा माओबादीले जनयुद्ध शुरु गरे देखि नै भुमिगत जीवन बिताउदै आएका गौतमबृहत शान्तिसम्झौता भएपछि मात्र सार्वजनिक भएका हुन् । नेकपा माओबादीले २०५२ साल फागुन १ गते जनयुद्ध घोषणा गर्दा उनि सहभागी थिए । २०५२ साल देखि नै जनयुद्धमा होमीएका तत्कालीन पोकली गाविसका बाबुराम गौतमगठबन्धनको तर्फ बाट प्रदेश सभा सदस्य प्रदेश (ख) का उम्मेदवार भएका हुन् ।  नेकपा माओवादीको जिल्लाका संस्थापक नेता बाबुराम गौतम पहिलो पटक चुनावी मैदानमा छन्। उनको प्रतिस्पर्धीको रुपमा नेकपा एमाले बाट ज्ञान ब. खड्का (जीवि) रहेका छन् । तत्कालीन नेकपा माओबादी पार्टी ओखलढुंगा जिल्लाका संस्थापक नेता गौतमओखलढुंगा काठमाडौं सम्पर्क समिति मार्फत  जनयुद्धमा सहभागी भएका थिए। गौतमले माओवादी निकट मजदुर संगठन ट्रेड युनियन महासंघको लामो समय नेतृत्व गरे। २०६० सालमा महासचिव र त्यसपछि उपाध्यक्ष हुँदै हाल पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज छन्। पार्टी अध्यक्ष प्रचण्डको नजिक रहेर राजनिति गरेका बाबुरामपार्टीमा राम्रो प्रभाव भएका नेताका रुपमा चिनिन्छन् । लामो समयसम्म मजदुर संगठनमा रहेर काम गरेका गौतमलाईकिसानमजदुरको नेताका रुपमा पनि चिन्ने गरेका छन् ।  पार्टी संगठनमा इमान्दार र वैचारिक नेताका रुपमा चिनिएका गौतमको चुनावी अनुभव पहिलो हो। यस अघिका निर्वाचनहरुमा उनी जिल्लाबाट सिफारिस भए पनि उम्मेदवार बन्न सकेका थिएनन्। यस पटक सत्ता गठबन्धनबाट उम्मेदवार बनेका गौतम आफ्नो सहज जित हुने बताउछन् ।  ‘जिल्लामा लामो समय काम गरेर भिजेका र गठबन्धनका साथका कारण चुनाव जित्नेमा ढुक्क छुउनले भने। उनी लिखु गाउँपालिका वडा ९ स्थित पोकलीमा २०३४ सालमा जन्मिएका हुन्। 

प्रतिक्रिया