कोशी प्रदेश मुख्यमन्त्रीमा पुनः थापा नियुक्त


झगनखबर

१६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा पुनः नियुक्त हुनुभएको छ  । थापाले बहुमत सहित मंगलबार  दावी पेश गरेपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै मंगलबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । २१ असारमा नियुक्त भएका थापा सभामुखले समर्थन गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले नियुक्ती बदर गरेको थियो । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा गरेपछी बहुमत सदस्य सहित दावी पेश गरेका हुन् ।

थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १३ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना गरी ४७ जना सांसदको समर्थन सहित दावी पेश गरिएको बताएका छन् ।  ९३ जना सस्य संख्या रहेको  कोशी प्रदेश सभामा ४७ जना बहुमत सदस्य संख्या हो । ओखलढुंगा प्रदेश (क) बाट निर्वाचित बाबुराम गौतमले सरकारलाई बहुमत पुर्याउन सभामुख पदबाट आजै राजीनामा गरी सरकारलाई समर्थन गर्नु भएको छ । सभामुख बहाल रहँदाको अवस्थामा सरकार निर्माणमा समर्थन गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले नियुक्ती बदर गरेको थियो । बहुमत सदस्य संख्या सहित दावी पेश गरिएकोले अहिले बनेको सरकार पुर्ण समय काम गर्न सक्ने सरकार बनेको नेताहरुले बताएका छन् ।

 

प्रतिक्रिया