झगनखबर
कार्तिक १६ । नेपालगञ्जका चेतन
मानन्धरलाई खुँडा प्रहार गरेर हत्या गरेको घटनामा दोषी ठहर भएका योगराज ढकाल
(रिगल) को बाँकी कैद मिनाहा गर्ने निर्णय बदर भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई
गरेको कैद मिनाहालाई तत्काल बदर गर्न सर्वोच्च अदालतको पूर्ण इजलासले परमादेश
गरेको हो ।
न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको
इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा
गर्ने निर्णय बदर गर्ने आदेश दिईएको हो ।
रिगललाई तुरुन्त पक्राउ गरेर मिनाहा गरिएको कैद
सजाय भुक्तानी गराउन भनिएको छ । रिगलले २०७२ असार २८ गते नेपालगन्जका चेतन
मानन्धरलाई खुँडाले हानी हत्या गरेबापत् तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैदको
सजाय पाएका थिए।
सर्वोच्चले रिगलले ११ वर्ष, ११ महिना ५ दिन कैद भुक्तान गर्नुपर्ने
देखिएको भन्दै त्यति कैद असुल्न पनि आदेश दिएको छ ।