यो साता नयाँ जिम्मेवारी र नयाँ
कमको योजना बन्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि
बढ्नेछन् । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । साताको अन्त्यमा शेयर बजार तथा
अन्य व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो हो । कुनै
शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता रोकिएका काम पुनः सुरु
हुन सक्छन् । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । परदेशमा रहेका आफन्तसँग
प्रविधि मार्फत भेटघाट हुनेछ । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
स्वास्थ्यप्रति गम्भीर हुन आवश्यक छ । यो साताका लागि शुभ अङ्क २९ र शुभ रङ्ग सेतो
वा पहेंलो हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको आरधना गरि यात्रा गर्नाले सफलता
मिल्नेछ ।
यो सात मन मिल्ने साथीको सहयोग र प्रेममा
सफलता मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्धु बान्धवबाट
सहयोग मिल्नेछ । कृषि क्षेत्रमा महत्त्वपूर्ण कामको थालनी हुनेछ । कला र गलाको
प्रभाव बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा काममा जानु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता भाग्य शक्ति कमजोर
हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला साताको मध्यबाट साताको मध्यबाट
रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ । आर्थिक वृद्धिका साथै
सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । यो साताका लागि शुभ अङ्क १४ ६ र शुभ रङ्ग
हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भगवती दुर्गाजीको दर्शन गरी कार्य
आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता राज्यबाट मान सम्मान पाइनेछ ।
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनसक्छ । पारिवारिक साथ सहयोगले उल्लेख्य
कार्य सम्पादन हुने देखिन्छ । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ, तर स्वास्थ्य भने
त्यति राम्रो नहोला । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै
शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता
मिल्नेछ ।
यो साता पारिवारिक सद्भाव बढ्नेछ । प्रेम
जीवन सफल रहने र विपरित वर्ग प्रति आकर्षण बढ्नेछ । व्यापार व्यवसायमा उन्नति
हुनुका साथै आर्थिक वृद्धि पनि हुने देखिन्छ, तर स्वास्थ्यप्रति गम्भीर हुन बढी आवश्यक छ
। यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि दुर्गादेवीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता अरूलाई प्रभावित पारेर काम बन्नेछ
। नयाँ र शुभ कार्यको योजना बन्नेछ । धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ ।
आफन्त र सहयोगी हातहरू अघि बढ्नेछन् । जग्गाजमिनको कारोबारबाट राम्रो प्रतिफल आउन
सक्छ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म
गर्नु पूर्व शिव भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता बोलीको विपरीत अर्थ लाग्न सक्नेछ ।
घर परिवारमा झैझमेलाको अवस्था आउनेछ । कार्य सम्पादनमा समस्या आउला । स्वास्थ्य
प्रति सजग रहनु होला । साताको अन्त्यमा चिताएको कामले तीव्रता लिनेछ । आफन्तको
प्रगतिमा मन रमाउनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म
गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता राजनैतिक र सामाजिक कामबाट सफलता
पाइनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने
प्रस्ताव राख्न सक्छन् । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ मन लोभ्याउने
पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग रातो
हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ
मिल्नेछ ।
यो साता
साथीको सहयोग र हौसला मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन
हुनेछ । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ । साताको मध्यमा दबाब र तनाव बढेको
महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क
१,६ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै
शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक
सफलता मिल्नेछ ।
यो साता परिश्रम अनुसार उपलब्धि पनि राम्रै
पाइनेछ । कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ । नयाँनयाँ ज्ञान सिक्ने
मौका मिल्नेछ । सामाजिक कार्यबाट मान र प्रतिष्ठा मिल्नसक्छ, तर अनावश्यक हिँडडुल
नगरेकै जाती हुनेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सुन्तला वा कालो हो । कुनै
शुभकर्म गर्नु पूर्व पितृदेवको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
यो साता शैक्षिक क्षेत्रबाट सफलता मिल्ला ।
नयाँ र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारबाट
पनि लाभ मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउनेछ । घर
व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभ अङ्क १.२ र शुभ रङ्ग कलेजी वा
घ्यू रङ्ग हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक
सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल