फागुन १३ देखि १९ गते सम्मको साप्ताहिक राशिफल

 मेष M चु, चे, चो, ला, लि, लु, ले, लो,

यो साता रमणीय र सुखद यात्राको योग छ । प्रेम जीवन सुखद् रहनेछ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । नजिकको मित्रसँग भेटघाट हुनेछ । नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष  : , , , , वा, वि, वु, वे, वो

ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साताको उत्तरार्ध बाट नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । साझेदारीको कार्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

 मिथुन M का, कि, कु, , , , के, को हा

शुभ समाचार सुन्न पाइएला । छोटो दुरीको लाभदायक तथा धार्मिक यात्राको योग रहेको छ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ भाग्यले विभिन्न अवसर जुराउनेछ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग निलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शन गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

 । कर्कट M हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो सातामा नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । प्रेममा सफलता पनि पाइनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

 सिंह M मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो साता सामाजिक कार्यमा रुचि बढ्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ । इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

 कन्या M टो, पा, पि, पु, , , , पे, पो

यो साता नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । निर्णायक क्षमतामा कमी आउनेछ । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग खैरो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

   तुला M रा, रि, रु, रे, रो, ता, ति, तु, ते

यो साता सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ कार्यको थालनी हुनेछ । अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । सामाजिक र राजनैतिक क्षेत्रमा रुचि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृश्चिक M तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो साता प्यारो साथी सँग भेट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । शेयर बजारको लगानीबाट धन सम्पत्ति हात पर्नेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

 धनु M ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यो साता धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । शेयर बजार तथा आर्थिक कारोबारमा सफलता मिल्नेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

 मकर M भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो

यो साता नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । साताको मध्यमा शैक्षिक क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

 कुम्भ M गु, गे, गो, सा, सि, सु, से, सो, दा

यो साता जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । बोलीको प्रभाब पनि बढ्दै जानेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । आज धार्मिक कार्यमा रुचि बढ्नेछ । शेयर बजारको लगानी र कारोबारमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले सफलता हात पर्नेछ 

   मीन M दि, दु, , , , दे, दो, चा, चि

रोकिएका काम पुनः सुरु हुन सक्छन् । कार्य सम्पादनमा सहजता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । नयाँ र शुभ कार्यको योजना समेत बन्नेछ । साताको उत्तरार्ध बाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको ध्यान गरि आरम्भ गर्दा लाभ हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प. नारायणप्रसाद दुलाल



                                                            

प्रतिक्रिया