एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन


झगनखबर

भदौ २६ । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।  हृदयघातका कारण गएराती निधन भएको हो । राति १ बजेहृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली  त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ  ।

पूर्वसभामुख समेत रहनुभउका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आउनु भएको थियो । उहाँ हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत हुनुहुन्थ्यो।

इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उहाँ केही समय जेल पर्नुभएको थियो ।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य रहनु भएका नेम्वाङ  मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री हुनुभएको थियो ।

२०५६ को निर्वाचन जितेर  सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।

उनी जनआन्दोलन ०६२०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बन्नुभएको थियो। २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनुभएको थियो । चारपल्ट सम्म  सर्वसम्मत सभामुख बन्नुभएको थियो ।

प्रतिक्रिया