मंसिर २४ देखि पुष १ गते सम्मको साप्ताहिक राशिफल

 

मेष M चु, चे, चो, ला, लि, लु, ले, लो,

यो साता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । साताको मध्यमा स्वास्थ्यमा असर पर्न सक्छ, त्यसैले स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष M  , , , , वा, वि, वु, वे, वो

यो साता रोकिएका काम सम्पादन हुने योग छ । नयाँ कार्यको योजना बन्नेछ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग निलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

 मिथुन M का, कि, कु, , , , के, को हा

यो साता राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारबाट बढी लाभ मिल्नेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ला । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउनेछ । घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग कलेजी वा घ्यू रङ्ग हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 कर्कट M हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो साता श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मध्य साताबाट आफन्तको सहयोग र आकस्मिक धन लाभ हुनसक्छ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा लाभ मिल्नेछ ।

 सिंह M मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो साता रमणीय र सुखद् यात्राको योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ । शेयर बजार अन्तर्गत बीमा क्षेत्रबाट अधिक फाइदा मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले लाभ मिल्नेछ ।

 कन्या M टो, पा, पि, पु, , , , पे, पो

शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा हरियो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।

 तुला M रा, रि, रु, रे, रो, ता, ति, तु, ते

यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । घरायसी मनोरञ्जन हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । साताको अन्त्यमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।

वृश्चिक M तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो साता मनमा दुविधा उत्पन्न हुन सक्छ र काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ । मध्य साताबाट प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । आर्थिक क्षेत्र र शेयर बजारबाट राम्रै फाइदा मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

 धनु M ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यो साता आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । रोकिएका काम पुनः सुरु हुन सक्छन् । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

 मकर M भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो

यो सातामा दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन् । सामाजिक कार्यबाट सफलता मिल्नेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ, तर अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो वा निलो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।

 कुम्भ M गु, गे, गो, सा, सि, सु, से, सो, दा

यो साता नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय पनि छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग निलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 मीन M दि, दु, , , , दे, दो, चा, चि

यो साता आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ । दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । सामाजिक तथा परोपकारजन्य आदि काममा पनि भूमिका निर्वाह गर्न पाइनेछ । मानप्रतिष्ठा बढाउनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।

ज्यो.प. नारायणप्रसाद दुलाल



 

प्रतिक्रिया