झगनखबर
असोज १ । आफ्नै घरको अँगेनामा जलेर तिन
वर्षिय बालकको मृत्यु भएको छ । सिन्धुलीको मरिण गाउँपालिका वडा नं –३ वरुणमा आगोमा जालेर बालकको मृत्यु भएको हो । ३ वर्षका बालक मनिष
मोक्तानको आफ्नै घरको अगेनोमा जलेर मृत्यु भएको हो । अपांगता भएका बालकलाई भान्साकोठामा झोलुंगोमा
सुताएर परिवारका सदस्य खेतमा काम गर्न गएका थिए । बालक झोलुंगोबाट झरेर ३ फिट पर
रहेको अगेनासम्म पुगेका थिए । धरमा कोही नभएका कारण अगेनामा पसेर बालक बाहिर
निस्कन नसकी मृत्यु भएको हुनसक्ने बताएका छन् ।
बालकको टाउको र शरीरको पछाडिको भाग
जलेको छ । बालकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा
राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
३२ भदौ २०८०, सोमबार ०४:३१ मा प्रकाशित
921