झगनखबर
पुस ६ । जिल्लाकै धार्मिक तथा पर्यटकीय स्थल श्रीचम्पादेवीको मन्दिरलाई जिल्लाकै गौरवको आयोजनाको मान्यता दिइएको छ । चम्पादेवी मन्दिरलाई चौथो जिल्ला सभाबाट पास गरी जिल्लाकै गौरवको आयोजनाको मान्यता दिइएको हो । चापादेवी गाउँपालिकाका प्रमुख नवराज केसीको प्रस्तावमा जिल्ला सभाले जिल्लाकै गौरवको आयोजनाको मान्यता दिएका छन् ।
श्रीचम्पादेवी मन्दिरलाई जिल्लाकै गौरवको आयोजनाको मान्यता दिएपछि मन्दिरलाई थप
विकास गरी धार्मिक तथा पर्यटन विकास गर्न सहयोग पुग्ने प्रमुख केसीले बताउनु भयो ।
जिल्ला सभाले पास गरी शुक्रबार नै सम्बन्धित मन्त्रालय र कार्यालयहरुमा पत्राचार
गरिएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।

‘चम्पादेवी गाउँपालिका’ को नाम श्रीचम्पादेवी मन्दिरकै नामबाट राखिएको हो ।
चम्पादेवी
गाउँपालिकाको वडा नं ९ मा अवस्थित श्रीचम्पादेवी मन्दिरमा परापूर्वकाल देखि नै
पुजाअर्चना गर्दै आएका छन् । यो मन्दिरमा पुजार्चना गर्दा मागेको वर (चिताएको
कुरा) पुग्ने भनाई छ । विभिन्न जिल्ला बाट र छिमेकी देश भारतको सिक्किम र
दार्जेलिङ्ग लगायतका ठाउँहरुबाट दर्शन गर्न आउने गरेका छन् । बजेटको अभावका कारण
भनेजस्तो गरी पूर्वाधार विकास गर्न सकेका थिएनौँ, गौरवको आयोजनाको
रुपमा मान्यता पाएपछि थपविकास गर्न सजिल्लो भएको पालिका अध्यक्ष केसीले बताउनु भयो
।