राष्ट्रिय संविधान दिवसको अवसरमा तङ्ग मो दो संघ ईलाम ( तदर्थ समिति)ले सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन्।

 लक्ष्मन थोकर

आज राष्ट्रिय संविधान दिवसको अवसरमा तङ्ग मो दो संघ ईलाम ( तदर्थ समिति)ले  ज्योती मा वि बाट पोखरी बजारपरिसर,सुर्योदय १३ लक्ष्मीपुर ईलाममा  ५०० मिटर  सरसफाइ कार्यक्रम , खेलाडीहरुलाई  नैतिक शिक्षा ,ब्यवहारिकज्ञान् तथा विशेष तालिमको आयोजना गरेकोछ। 


खेलकुदको उद्देश्य पदक जित्नुमा मात्रै सिमित हुनु हुदैन ।खेलले खेलाडी हरुलाई अनुशासन ,नैतिकता ,असल सस्कार, परिवार र समाज प्रतिको उत्तरदायित्व र देश प्रेम पनि सिकाउन सक्नु पर्दछ । अन्ततोगत्वा देशको जिम्मेवार नागरिकबनाउन सक्नुपर्छ भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियोे । 


तालिम तथा सरसफाइ कार्यक्रमको नेतृत्व तङ्ग मो दो संघका अध्यक्ष प्रकाश श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया