राजाबादीको गतिविधी बिरुद्ध नेकपा एमालेको जागरण सभा


चैत १८ । राजाबादीको गतिविधी बिरुद्धमा नेकपा एमाले ओखढुंगाले जागरण सभा गरेको छ । नेकपा एमाले कोशी प्रदेश सचिवालय कमिटिको निर्णयानुसार सोमबार सबै जिल्लामा जागरणसभा गरिएको हो । केन्द्रीय सचिवालय कमिटीको निर्णयानुसार प्रदेश जिल्ला र गाउँकमिटि सम्म जागरण सभा गरिने नेकपा एमाले ओखलढुंगाले जानकारी दिएको छ ।

चैत १५ गते राजाबादीहरुले काठमाण्डौको तीनकुनेमा मानवीय र भौतिक क्षति हुने गरी आक्रामक आन्दोलन गरेको थियो । त्यस्ता खालका अराजक गतिविधी तथा आन्दोलन गर्न नदिन एमालेले देशै भरी जागरण सभाको आयोजना गरिएको बताएका छन् । जिल्ला पार्टी कार्यालय हुलाक डाँडाबाट ¥याली सुरु गरी गणेशमन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज यज्ञराज सुनुवार, जिल्ला अध्यक्ष जीवी खड्काले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सुनुवारले, अग्रगामीको बिकल्प पश्चगामीको कदापी हुन नसक्ने भन्दै लोकतन्त्रको बिकल्पमा राजतन्त्र हुन नसक्ने बताउनु भयो । ज्ञानेन्द्र शाहको उक्साहटमा लागेर काठमाण्डौमा जुन क्षति गरेको छ, यसले राजाबादीहरुको चरित्र उदांगो भएको बताउनु भयो ।

प्रतिक्रिया