तीन मेयरले गरे राष्ट्रियसभा निर्वाचन बहिष्कार


झगनखबर

माघ ११ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा तीन स्वतन्त्र जितेका मेयरहरुले निर्वाचन बहिष्कार गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले निर्वाचन बहिस्कार गर्नुभएको हो । बिहीवार भएको राष्ट्रियसभाको निर्वाचनमा काठमाडौं महानगरका मेयर शाहले कार्यव्यस्तताको कारण मतदान गर्न हेटौंडा नगएको बताउनु भएको छ। उहाँले यसअघि प्रदेशसभाको निर्वाचनमा पनि मतदान गर्नुभएको थिएन ।

कोशी प्रदेशबाट धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मतदान गर्नुभएन । त्यस्तै ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारले मतदान नगरेपनि उहाँ विरामी परेका कारण मतदान नगरिएको बताइएको छ । यस्तै धनगढीका  मेयर गोपाल हमालले पनि मतदान गर्नुभएन । उहाँहरु बालेन, हर्क र गोपाल तीनै जनाले स्वतन्त्र मेयर जित्नुभएको हो ।

 

प्रतिक्रिया