झगनखबर
भदौ २८ । नेकपा एमालेका उपाध्यक्ष एवं
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई आज (बिहीबार)
अन्त्येष्टि गरिँदै छ । आज बिहान ११ बजे हिन्दु संस्कृतिअनुसार पशुपति आर्यघाटमा
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्न लागिएको हो ।
मंगलबार बिहान हृदयाघातका कारण निधन
हुनुभएका नेता नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्नका लागि उहाँको पार्थिव शरीर
मंगलबार दिउँसोदेखि बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालयमा राखिएको थियो
। पार्टी कार्यालयमा श्रद्धाञ्जलि अर्पण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष
माधवकुमार नेपाल, नेता झलनाथ खनाल र डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पुर्व अध्यक्ष खिलराज
रेग्मीलगायत नेता तथा कार्यकर्ता एवं सर्वसाधारण पुगेका थिए ।
घरमा लगेपछि किराँत संस्कृतिअनुसार गर्नुपर्ने
कार्य गरिएको जानकारी दिएका छन् ।
संविधानसभाका अध्यक्ष नेम्वाङको निधनमा
दुःख व्यक्त गर्दै सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ
। यस्तै, नेम्वाङको निधनको शोकमा बुधबार तोकिएको
प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो । नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न
बिहीबार ३ बजेलाई अर्को बैठक तोकिएको छ । नेम्वाङको अन्त्यष्टीको दिन आज (बिहिबार)
सरकारले सार्वजानिक बिदा दिईएको छ ।
पूर्वसभामुख नेम्वाङको मंगलबार राति हृदयाघातका कारण निधन भएको थियो ।
पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष र सभामुख रहेका नेम्वाङकै कार्यकालमा २०७२
साल असोज ३ गते संविधान जारी भएको थियो ।