१ नं. प्रदेशमा सबैभन्दा कम समानुपातिक मत, कुन दलको ?


मंसिर ११ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ । प्रत्यक्ष र समानुपातिक मत सँगसँगै गणना भईरहेको छ ।  उम्मेदवारमा जित्न आँट नगर्ने तर संसद नबनी नछोड्नेहरुका लागि समानुपातिक मत वरदान भएको छ । राजनितिक दलका पदाधिकारी देखि, पदाधिकारीका आफन्तहरु समानुपातिक उम्मेदवार बन्न घम्साघम्सी गर्छन् । संसदलाई समाबेशी, सहभागीतामुलक बनाउन आएको सामानुपातिक संसद अवधारणा, अहिले दलका ठुला नेताको आफन्तको लागि मात्रै भएको छ । त्यहा कुनै पिछडीएको क्षेत्र, वर्ग,जातजाति, धर्म नभई आफन्तहरुको लाइन देख्न पाइन्छ । सामाजिक काम नगरेका र राजनितिक दलका नेतालाई सहयोग गरेका ब्यक्ति नै समानुपातिक उम्मेदवार बन्ने गरेको देखिएको छ । समानुपातिक निर्वाचन प्रणालीमा, मन परेको ब्यक्ति र मन परेको दललाई छुट्टाछुट्टै मत दिन पाउने ब्यवस्था छ । जति धेरै समानुपातिक मत, उति धेरै समानुपातिक संसद, हुने गर्दछन् । पुराना र ठुला दलको समानुपातिक मत धरै आउनु स्वभाविक हो । पछिल्लो समय उदय भएका दलहरुलाई पनि हाराहारी मत आईरहेको छ । प्रदेश नं. १ मा सहभागी भएका ३६ वटा दलहरु मध्ये सबै भन्दा कम समानुपातिक मत आएको दल, बहुजन शक्ति पार्टी हो । जग चुनाव चिन्ह भएको उक्त पार्टीको प्रदेश नं. १ भरी जम्मा २ सय ५२ मत आएको छ । यो दल नै सबै भन्दा कम समानुपातिक मत भएको दल हो ।  सबै भन्दा बढी नेकपा एमालेको रहेको छ । समानुपातिक मतको आधारमा पहिलो, दोश्रो, तेश्रो र चौथो दलमा, क्रमश: नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) र नेकपा माओबादी केन्द्र छन् ।

प्रतिक्रिया