२४ चैत । गधा दिनभरि भारी बोकेर थाकेको
भएपनि म थाकेँ भन्दैन, उसले भारी बोकेकै हुन्छ । मानिसले
आफ्नो लक्ष्यमा पुग्नुछ भने अल्छी नगरी आफ्नो लक्ष्य प्राप्त गर्न र सफल्ता पाउन
सधैँ प्रयत्नशिल रहनुपर्दछ,
कर्तब्यको बाटो कहिल्यै बिर्सनु हुदैन
।
काम पूरा गर्न ठण्डी, गर्मीको पर्वाह नगर्नु । गधाले कुनै पनि मौसमको वास्ता गर्दैन, उसलाई जति नै ठुलो भारी बोकाए हिँडाए
पनि उ हिँडी नै रहन्छ । घाम पानीको वास्ता गर्दैन । सन्तुष्ट भईरहन्छ । ठुलो भारी
बोकेर हिँडीरहेको बेलामा पनि हरियो घाँस भेट्यो भने उ खुशिका साथ चर्छ । उ आफुले
बोकेको ठुलो भारीको मतलब राख्दैन । त्यस्तै बुद्धिमान ब्यक्तिले भोक, प्यास, सर्दी, गर्मीको परवाह नगरी सन्तोषी भएर, फलको आशा नगरी याथावत कर्ममा लागिरहनु
पर्दछ ।
नथाक्नु, अल्छी नगर्नु,
सन्तोषी बन्नु यि तिन गुण गधामा निहित
हुन्छ । यिनै तिन गुण मानिसले गधाबाट सिक्न सकिन्छ ।
चाणक्य